धनगढी । कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका-७ बाट खैरी हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार शंका लागेर चेकजाँच गर्ने क्रममा १३९ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारेपछि धनगढी उपमहानगरपालिका-७ का १९ वर्षीय किरण रानालाई पक्राउ गरेको हो ।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-११ स्थित गड्डाचौकी भाइरल रोडबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शुक्लाफाँटा नगरपालिका-५ का २४ वर्षीया प्रियंका सुनार र २१ वर्षीय प्रवीण सुनारलाई शंका लागेर चेकजाँच गर्दा ०.५४ ग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको जनाएको छ ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।























