धनगढी । कैलालीका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका ८८ हजार ७५० रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार विभिन्न स्थानबाट उक्त मूल्य बराबरका सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।
बरामद गरिएका सामानमा विभिन्न प्रकारका इलेक्ट्रिक सामान, प्लास्टिक पोलिथिन, कपडा तथा किरानाका सामान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिएको जनाएको छ ।























