• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

भेनेजुएलामाथि अमेरिकी आक्रमण र साम्राज्यवादी हस्तक्षेप : एक विश्लेषण

  •   आइतबार, पुष २०, २०८२ मा प्रकाशित

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप
२०२५ सेप्टेम्बरयता अमेरिकाले प्रशान्त र क्यारबियन क्षेत्रमा भेनेजुएलाका व्यापारीक प्रयोजनका पानीजहाजमाथि निरन्तर आक्रमण गर्दै आएको आरोप लगाइएको छ। प्राप्त विवरणअनुसार सेप्टेम्बरयता यस्ता ३० वटा आक्रमण भइसकेका छन् । सेप्टेम्बर २ मा अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहेको एक डुङ्गामाथि गरिएको पहिलो आक्रमणपछि अहिलेसम्म ११० भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको बताइएको छ ।
भेनेजुएला सरकारले यी कारबाहीहरूलाई वाशिङ्टनद्वारा हालै तेल ट्याङ्करहरू कब्जा गर्ने लगायतका कदमहरूको निरन्तरता भन्दै, यसको मूल उद्देश्य राष्ट्रपति निकोलास मदुरोलाई सत्ताबाट हटाउन र भेनेजुएलाको विशाल तेल भण्डारमाथि नियन्त्रण जमाउन बाध्य पार्नु रहेको जनाएको छ । सरकारको स्पष्ट भनाइ छ—यी आक्रमणहरू अमेरिकी आक्रामकताको हिस्सा हुन् र यसलाई कुनै पनि हालतमा स्वीकार गरिने छैन। यही सन्दर्भमा भेनेजुएलाले राष्ट्रिय सङ्कटकाल समेत घोषणा गरेको छ ।

यसअघि नै राष्ट्रपति मदुरोले अमेरिकी हमलालाई आफ्नो देशको तेल र खनिज स्रोत खोस्ने प्रयासको रूपमा व्याख्या गर्दै कडा निन्दा गरेका थिए। आरोपअनुसार अमेरिकी आक्रमणको मुख्य उद्देश्य तेल र खनिज पदार्थ भएकाले भेनेजुएलाको राजधानी सहरको केन्द्रमा अवस्थित हवाई क्षेत्रसहितका सैन्य क्षेत्र र फोर्ट ट्युनाको मुख्य सैनिक अखडा समेत लक्षित गरिएको छ ।
अमेरिकाले विगत लामो समय देखि स्थानिय श्रोत साधन, खनिज पदार्थ र सरकारमा विश्व भरी आफ्नो दबदवा कायम राख्न विभिन्न देशमाथि कयौ पटक आक्रमण र हस्तक्षेप गरेका कयौ उदाहरणहरु छन ।
१. सिरियामा अमेरिकी हस्तक्षेप :–
सिरियामा अमेरिकी हस्तक्षेप सन् २०११ पछि सुरु भएको गृहयुद्धसँगै तीव्र भएको हो। अमेरिकाले औपचारिक रूपमा “क्ष्क्क्ष्क् विरुद्धको युद्ध” र “मानवअधिकार संरक्षण” लाई कारण बताए पनि, धेरै विश्लेषकहरूका अनुसार यसको मूल कारण भूराजनीतिक नियन्त्रण र स्रोत–राजनीतिसँग जोडिएको छ । सिरिया मध्यपूर्वको अत्यन्त रणनीतिक स्थानमा अवस्थित देश हो, जहाँबाट तेल तथा ग्यास पाइपलाइनहरू युरोपतर्फ लैजान सकिने सम्भावना रहँदै आएको छ ।

सिरियाको पूर्वी क्षेत्रमा रहेका तेल र ग्यास क्षेत्रहरू लामो समयदेखि अमेरिकी समर्थित कुर्द बलको नियन्त्रणमा रहेको आरोप लाग्दै आएको छ। सिरियाली सरकारले अमेरिकाले आफ्नो सरकारको अनुमति बिना सैनिक उपस्थिति राखी तेल स्रोत अवैध रूपमा दोहन गरिरहेको भन्दै बारम्बार विरोध जनाएको छ। यसका साथै, अमेरिकाले सरकारविरुद्धका सशस्त्र समूहहरूलाई सहयोग गरेको, प्रत्यक्ष हवाई आक्रमण गरेको र आर्थिक नाकाबन्दीमार्फत सिरियाली राज्य संरचनालाई कमजोर बनाउने प्रयास गरेको आरोप छ। यी सबै गतिविधिलाई सिरिया, रुस र इरानजस्ता देशहरूले राष्ट्रिय सार्वभौमिकताको गम्भीर उल्लङ्घनका रूपमा व्याख्या गर्दै आएका छन् ।

२. इरानमा अमेरिकी हस्तक्षेप :–

इरानमा अमेरिकी हस्तक्षेप प्रत्यक्ष युद्धभन्दा बढी अप्रत्यक्ष दबाब, प्रतिबन्ध र गुप्त कारबाहीमार्फत हुँदै आएको छ। यसको ऐतिहासिक जरा सन् १९५३ मा पुग्छ, जब इरानका प्रधानमन्त्री मोहम्मद मोसाद्देगले तेल राष्ट्रियकरण गरेपछि ऋक्ष्ब् समर्थित कू मार्फत उनलाई सत्ताच्युत गरिएको थियो। यस घटनाले इरानमा अमेरिकी हस्तक्षेपको गहिरो आधार तयार ग¥यो।

इरानसँग विश्वकै ठूला तेल र ग्यास भण्डारमध्ये एक रहेको, साथै उसले अमेरिकी प्रभाव नस्वीकार्ने स्वतन्त्र विदेश नीति अपनाउँदै आएको कारण अमेरिका र इरानबीच सम्बन्ध सधैँ तनावपूर्ण रहँदै आएको छ। पछिल्ला वर्षहरूमा अमेरिकाले इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाएको, वैज्ञानिक तथा सैन्य संरचनामाथि साइबर आक्रमण गरेको, र इराक, सिरिया तथा यमनजस्ता क्षेत्रीय द्वन्द्वहरूमा अप्रत्यक्ष सैन्य दबाब सिर्जना गरेको आरोप लाग्दै आएको छ। इरानले यी सबै गतिविधिलाई साम्राज्यवादी हस्तक्षेप भन्दै निरन्तर विरोध गरिरहेको छ।
३. इराक (Iraq)अमेरिकी हस्तक्षेप :–
सन् २००३ मा “Mass Destruction Weapons” को बहानामा अमेरिकाले मुख्य स्रोतः पेट्रोलियम (तेल) माथि नियन्त्रण गर्न आक्रमण गरेको थियोे । युद्धपछि अमेरिकी र पश्चिमी तेल कम्पनीहरूको ठूलो पहुँच रहेको छ ।
४. अफगानिस्तानमा अमेरिकी हस्तक्षेप :–
सन २००१ पछि लामो अमेरिकी सैन्य उपस्थिति
अफगानिस्तानलाई “future lithium Saudi Arabia” भनेर अमेरिकी रिपोर्टमै उल्लेख गरेको थियोे
। अफगानिस्तानमा रहेको मुख्य स्रोतः लिथियम, तामा, फलाम, दुर्लभ खनिज पदार्थमाथिको नियन्त्रण गर्नु अमेरिकी साम्राज्यवादको उद्देश्य थियोे ।
५. लिबियामा अमेरिकी हस्तक्षेप :–
सन २०११ मा NATO (अमेरिकासहित) को हस्तक्षेपको मुख्य कारण लिबियाको मुख्य स्रोतः तेल र प्राकृतिक ग्यास थियो । महमद गद्दाफीको पतनपछि पश्चिमी कम्पनीहरूको प्रभाव रहेको छ । यसका साथै लिबियाले
अफ्रिकामा स्वतन्त्र आर्थिक नीतिको विरोध गरेको आरोप थियो ।
६. कंगो (DR Congo)अमेरिकी हस्तक्षेप :–
मुख्य स्रोतः कोबाल्ट, तामा (मोबाइल, ब्याट्री उद्योगका लागि अत्यन्त महत्त्वपूर्ण) लगायतका श्रोतमा नियन्त्रण गर्न देशको राजनीति र प्रशासानिक क्षेत्रमा अमेरिकाको अप्रत्यक्ष हस्तक्षेप रहिआएको छ । युद्ध, अस्थिरता र विदेशी बहुराष्ट्रिय कम्पनीहरूको प्रभाव प्रत्यक्ष प्रभाव र दवावलाई पश्चिमी देशहरूको मौन समर्थन रहेको छ ।
अमेरिककाले भेनेजुएलामाथि गरेको हस्क्षेपका सन्दर्भमा अन्तर्राष्ट्रिय प्रतिक्रियाः–
भेनेजुएलामाथि भएको भनिएको अमेरिकी सैन्य कारबाहीप्रति विभिन्न देश र अन्तर्राष्ट्रिय शक्तिहरूले प्रतिक्रिया जनाएका छन् ।
१. क्युबाका राष्ट्रपति मिगेल डियाज–कनेलले “अमेरिकाले भेनेजुएलामा गरेको आपराधिक आक्रमणको कडा निन्दा” गर्दै तत्काल अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया माग गरेका छन् ।
२. युरोपेली सङ्घ (EU) ले सबै पक्षलाई संयम अपनाउन आह्वान गरेको छ ।
३. स्पेनले शान्तिपूर्ण समाधान खोज्न मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्ने प्रस्ताव गरेको छ ।
४. ब्रिटेनका कैयौँ सांसदहरूले यस कार्यको पहिल्यै निन्दा गरिसकेका छन् ।
५. रुसले अमेरिकी आक्रमणलाई ‘निकै चिन्ताजनक’ भन्दै कडा शब्दमा विरोध जनाएको छ।
६. कोलम्बियाका राष्ट्रपतिले कराकसमा सुरुवाती विस्फोटनको खबर आएदेखि नै शान्ति र संवादको आह्वान गर्दै आएका छन्।
७. चिलेका राष्ट्रपति ग्याब्रिअल बोरिकले अमेरिकी सैन्य कारबाहीप्रति आफ्नो देशको “चिन्ता र निन्दा” व्यक्त गरेका छन् ।
८. इरानको विदेश मन्त्रालयले उक्त आक्रमणलाई भेनेजुएलाको “राष्ट्रिय सार्वभौमिकताको स्पष्ट उल्लङ्घन” भनेको छ ।
अमेरिकी साम्राज्यवाद र साना राष्ट्रहरू
विगत लामो समयदेखि अमेरिकी साम्राज्यवादले विश्वमा शान्तिको होइन, बरु अशान्ति र आतंक फैलाउने शक्तिका रूपमा व्यवहार गर्दै आएको आरोप व्यापक रूपमा उठ्दै आएको छ । साना र कमजोर राष्ट्रहरूको स्थानीय स्रोत–साधनमाथि आन्तरिक रूपमा नियन्त्रण जमाउन सफल नभएपछि बाह्य दबाब, आर्थिक प्रतिबन्ध र अन्ततः सैन्य आक्रमणमार्फत ती देशहरूलाई तहसनहस बनाउने प्रवृत्ति दोहोरिँदै आएको देखिन्छ। यसले सम्बन्धित देशलाई मात्र होइन, अन्य मुलुकहरूमा समेत अमेरिकी दादागिरीको प्रत्यक्ष र परोक्ष प्रभाव पार्ने गरेको छ ।
यो सन्दर्भ नेपाल र नेपाली जनताका हकमा पनि सत्य हो ।

बिस २०८२ साल २३ र २४ गते देशमा भएको विध्वंश एकाएक नभएर देशमा बढ्दै गईरहेको राजनिती दलहरु मुख्यत एमाले कांग्रेसको संयुक्त सरकारको काम क्रियाकलाप र कुशासन प्रतिको असन्तुष्टिलाई अधार बनाएर जेन जेड समूह स–साना विद्यार्थीहरुलाई हथियार बनाएर पर्दा पछाडिबाट केही समय अघाडि देखि आन्तरिक योजना बनाईएको कुरा क्रमश खुल्दै गईरहेको छ खुल्दै जाने छ । वर्तमान सरकार यसैको परिणाम हो । देशमा समृद्धि र विकासको नयाँ योजना कार्यक्रम ल्याउनु देशलाई स्थायित्व दिनु र सचेतता पुर्वक स्थायी सरकार बनाउनु नेपाली जनाताको काधमा जिम्मेवारी आएको छ । नयाँको नाममा अनुभवहिन अपरिपक्व असंयमित, अधर्यका साथै ईतिहास, राजनीति र समाज नबुझेका कुनै समाजिक आन्दोलन र देशलाई योगदान नपुर्याएका व्यक्तिलाई अघाडि ल्याउनु देशहितमा हुने छैन । यदि यो सरकार विदेशीको चाहनामा बनेको होइन भने भेनेजुएलामाथि अमेरिकी आक्रमणको नेपाल सरकारले औपचारिक रूपमा निन्दा गर्नुपर्छ ।
निष्कर्ष
भेनेजुएलामाथि भएको अमेरिकी सैन्य हस्तक्षेप केवल दुई देशबीचको द्वन्द्व मात्र नभई, यो विश्व राजनीतिमा स्रोत–केन्द्रित साम्राज्यवादी हस्तक्षेपको अर्को उदाहरणका रूपमा प्रस्तुत भइरहेको छ। अन्तर्राष्ट्रिय समुदायले यस विषयमा गम्भीर ध्यान दिई, राष्ट्रिय सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानुन र शान्तिको पक्षमा स्पष्ट भूमिका खेल्न आवश्यक देखिन्छ ।

(लेखक योगी नेपाली कम्युनिष्ट पार्टीका युवा नेता हुन् ।)

आइतबार, पुष २०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.