• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २३ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

पाँच वर्ष मुख्यमन्त्री हुँदा इमान्दारितापूर्वक काम गरेँ, जनताको साथ पाउनेमा विश्वस्त छु : भट्ट

  •   शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
नेपाली कम्युनिष्ट पार्टीका नेता त्रिलोचन भट्ट २०७४ सालको निर्वाचनमा डोटीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि पाँच वर्ष सुदूरपश्चिमको मुख्यमन्त्री बनेर सरकार चलाए । २०७९ को निर्वाचनमा भने उनी उम्मेदवार बनेनन् । पाँच वर्ष मुख्यमन्त्री हुँदा निस्कलंक बाहिरिएर सादगी नेताको छवि बनाएका भट्ट यसपालिका डोटीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । चुनावको सन्दर्भमा भट्टसँग गरिएको कुराकानी ।
प्रचारप्रसारको अवधि सकिदै छ, चुनावी अभियान कसरी चलाइरहनु भएको छ ?
म डोटी जिल्लाका ६५ वटै वडा र अधिकांश गाउँबस्तीमा घरदैलो अभियान लिएर पुगेको छु । जिल्लाका सबै भूगोलमा गएर जनताका बिचमा आफ्ना कुरा राख्ने, जनताका कुरा सुन्ने, भेटघाट गर्ने, भोट माग्ने काम गरेको छु । अहिले पनि जनतामा गएर आफ्ना कुरा राख्ने, जनताका कुरा सुन्ने कार्य निरन्तर छ । २०७४ सालमा डोटेली जनताले मलाइ निर्वाचित गराएर पठाइसकेपछि म प्रदेशको मुख्यमन्त्री भएँ । मुख्यमन्त्री भएपछि डोटीको विकासमा मैले जुन प्रकारको भूमिका निर्वाह गरेको थिएँ, वर्षौँदेखि नभएका कामलाई सम्पन्न गर्ने, नयाँ कामको थालनी गर्ने, गाउँघरमा सानादेखि ठूला योजना योजना कार्यान्वयन भएका थिए । यसबाट जनताले पनि आशा र भरोसा गरेको पाएको छ । यसले भोलिको दिनमा पनि मलाइ जिताएर पठाए भने थप काम गर्न सकिन्छ भन्ने महसुुस गरेको छु ।
जनताका केकस्ता सुझाव र अपेक्षाहरु पाउनु भयो ?
देशमा पछिल्लो चरणमा जुन प्रकारको परिस्थिति देखिएको छ, राष्ट्रियता खतरामा परेको, लोकतान्त्रिक गणतन्त्र र संविधान खतरामा परेको कुरामा जनताको चाँसो देखिएको छ । यसलाई सही बाटोमा ल्याउनु पर्छ र सही बाटोमा ल्याउन चुनावनै हुनुपर्छ भन्ने बुझाइ देखिन्छ । अर्को आफ्नै गाउँघरको विकासको कुरामा चाँसो छ । विगतमा जुन अभाव थिए, त्यसलाई मेरो कार्यकालमा केही सम्बोधन त भए तर त्यतिले मात्र पुगेको छ भन्ने छैन । आफ्नो बस्तीको विकास, गाउँको विकास, शिक्षा, स्वास्थ्य रोजगारी, कृषिमा आधुनिकीकरणका विषयमा जनताको चाँसो र अपेक्षा देखिएको छ । काम गर्न सक्ने र काम गरेको व्यक्तिलाई मत दिनुपर्छ भन्ने आमधारणा रहेको देखिएको छ र मैले त्यो पाएको छु ।
चुनावको दौरानामा जनताको घरदैलोमा नेताहरु पुग्छन् तर जितिसकेपछि सबै नेताहरु फर्केर आउँदैनन् भन्ने कुरा पनि उठेको छ । मेरो हकमा त्यो कम उठेको छ । किनकी म आफू मुख्यमन्त्री हुँदा नपुगेको ठाउँमा पनि मैले गरेको विकास कुनै न कुनै रुपमा पुगेको हुनाले जनताले त्यो आधारमा बुझेका छन् । तपाथि केही सकारात्मक गुनासाहरु पनि आएका छन् । निर्वाचित भएर गइसकेपछि नेताहरुले काम गर्नुपर्छ, जनताको घरदैलोमा विकास गर्नुपर्छ र उनीहरुको चाहनाअनुसार अगाडि बढ्नुपर्छ भन्ने कुरा जायज पनि हो । गाउँघरका समस्या खानेपानी, सिँचाइ, दैनिक समस्याका समाधानका कुरा र ठूला योजनाहरु फास्ट ट्रयाक, पश्चिम सेती, एसआर ६ जस्ता योजनाहरु अगाडि बढाउनु पर्छ, ठूलो लगानी ल्याएर कृषिमा काम गर्नुपर्छ भन्ने अपेक्षा जनतामा छ ।
तपाइ के एजेण्डा लिएर जनतामाझ गइरहनु भएको छ ?
अरु पार्टीका उम्मेदवार र मबिच फरक छ । अरु पार्टीका उम्मेदवार हामी यसो गर्छौँ भनेर प्रतिवद्धता लिएर गइरहेका छन् । मचाँहि २०७४ को निर्वाचनपछि पाँच वर्षमा मैले यो यो काम गरेँ । जस्तै स्वास्थ्यमा मैले ५० सय्याको अस्पतालदेखि जिल्ला अस्पताल, स्वास्थ्यका स्थानीय तहमा भवनहरु निर्माण गर्ने, सेवा सुधार गर्ने, शिक्षामा डोटीका छ वटा क्याम्पसका आधुनिक भवन निर्माण, करिब ८० प्रतिशत विद्यालयमा भवन निर्माण गर्ने, आइटी ल्याब निर्माण गर्ने काम मेरो कार्यकालमा भएका छन् । खप्तडलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहुँच सडक कालोपत्रे भएको थियो ।
डोटी जिल्लामा केआइसिंह राजमार्गबाहेक कुनै पनि ठाउँमा कालोपत्रे सडक थिएन । अहिले सहजपुुर–बोगटान सडक कालोपत्रे भएको छ । बुडर–जोरायल–गड्सेरा सडक कालोपत्रेको प्रकृयामा छ । खुटिया–दिपायल दु्रत मार्ग मेरै नेतृत्वको सरकारले निर्णय गरेर पठाएपछि संघीय सरकारले नाम संशोधन गरी बझाङसम्म क्षेत्र विस्तार गर्नुका साथै डोटी र कैलालीमा केही खण्ड कालोपत्रे पनि भएको छ । दिपायलमै खानेपानीको अभाव थियो । अहिले दिपायल र एअरपोर्टमा सेतीको पानी ल्याएर खाने अवस्था भएको छ । बाफीको डाँडा र तिखाको तल्लो क्षेत्रका जनताले सेतीको पानी खाइरहेका छन् । यी योजना हामीले नै अगाडि बढाएको हो । धेरैजसो बस्तीमा सिँचाइ योजना पुगेका छन् । यी मैले गरेका काम भए ।
आगामी दिनमा खप्तडमा पर्यटन विकास, खुटिया–दिपायल फास्ट ट्रयाक छिटोभन्दा छिटो सम्पन्न गर्ने, कृषिमा ठूला परियोजनाहरु ल्याएर कृषिको आधुनिकीकरण गर्ने, पश्चिम सेती र एसआर ६ योजनालाई अगाडि बढाउन पहल गर्नेलगायत केन्द्रबाट हुने योजनालाई अगाडि बढाउने विषयहरु अघि सारेको छु । यो सँगसँगै निजामति ऐन जो अहिलेसम्म केन्द्रमा बनेको छैन, शिक्षा ऐन नबन्दा तल समस्या भइरहेको छ । यस्ता केन्द्र सरकारबाट हुने कामहरु गर्छु भनेर प्राथमिकतामा राखेको छु । जनताका सानादेखि ठूला समस्या सम्बोधन गर्ने, ती योजना सञ्चालन गर्ने मेरो प्रतिवद्धता छ । सुशासन, सामाजिक न्याय, राष्ट्रियताका कुरा छन् ।
इमान्दारितापूर्वक जनताको काम गर्ने व्यक्तिलाई पार्टी विशेष र कुनै व्यक्ति विशेष नभइ साझा रुपबाट हेरिदिनु पर्छ । काम गर्ने व्यक्तिलाई अगाडि ल्याउनु पर्छ भन्ने हिसाबले मैले जनतामा आफ्ना कुरा राखेको छु । यसलाई जनताले विश्वास पनि गरेका छन् ।
तपाइ पाँच वर्ष सुदूरपश्चिमको मुख्यमन्त्री हुनुभयो, मुख्यमन्त्री हुँदा तपाइले गरेका कामलाई जनताले कसरी मूल्यांकन गरेको पाउनु भयो ?
पाँच वर्षसम्म मुख्यमन्त्री हुँदा मैले इमान्दारितापूर्वक जनताको काम गर्ने प्रयास गरे । यसलाई जनताले निकै सकारात्मकरुपमा लिएको पाएको छु । चुनावी प्रचारका क्रममा म डेढ सय हाराहारी बस्तीमा पुगेको छु । सबै ठाउँमा जनताले मेरो कार्यकालमा भएका कामको प्रशंसा गरिरहेका छन् । सबैले तपाइ मुख्यमन्त्री हुँदा हाम्रो गाउँमा यो काम भयो भनिरहेका छन् । दिपायलकै कुरा गर्दा हिजो खानेपानीको समस्या थियो । बर्खामा पनि धमिलो पानी खानुपर्ने अवस्था थियो । आज फिल्टर भएको पानी खान पाइरहेका छन् । बाफीको डाँडामा पनि सेतीको पानी पुगेको छ । झोलुङ्गे पुल, डोटी क्याम्पस, ५० सय्याको अस्पताल बनेको छ, पुन्नामा प्रदेशस्तरको कर्मचारी प्रशिक्षण केन्द्र बनेको छ, राजपुरमा निर्देशनालयहरु सञ्चालन भएका छन् । मेरो कार्यकालमा भएका यी कामको जनताले मूल्यांकन गरेका छन् । जुन बस्तीमा गए पनि अब हामीले तपाइलाई मत दिने हो, पार्टी हेर्दैनौँ, हामी व्यक्ति हेर्छौँ, काम हेर्छौँ भनिरहेका छन् ।
डोटीमा तपाइले चुनाव जित्ने आधार के हुन् ?
पहिलो कुरा त २०७४ मा उम्मेदवार हुँदा जनताको बिचमा जे प्रतिवद्धता गरेको थिएँ, पाँच वर्षमा ती प्रतिवद्धता लगभगलगभग पूरा गरेको छु । जनताले निर्वाचित गराइसकेपछि जनताको भावनाअनुसार काम गर्नसक्ने व्यक्ति हुँ । मैले म निर्वाचित भएको क्षेत्रमा होइन, समग्र डोटीको समानरुपबाट विकास गरेको छु । म मुख्यमन्त्री हुँदा डोटीमा आएका योजना र बजेट तथा त्यसपछिका प्रदेश सरकारबाट डोटीमा आएका योजना र बजेट हेर्दा पनि थाहा हुन्छ । त्यसैले एउटा आधार मैले विगतमा गरेको काम हो ।
दोस्रो भोलि पनि म विजयी भएर गइसकेपछि भोलि पनि म धेरै काम गर्न सक्छु । निर्वाचित भएर गएपछि म सामान्य सांसदमात्र हुँदैन । केन्द्रमा नेताहरुसँगको पहुँचको कुरा हुन्छ । कर्मचारीसँग मैले पाँच वर्ष काम गरेको कारणले कर्मचारी प्रशासनमा पनि मेरो पहुँच छ । यी आधारमा मैले काम गर्न सक्छु ।
तेस्रो आधार भनेको के हो भने म इमान्दारितापूर्वक काम गर्ने मान्छे हो । मैले पाँच वर्ष मुख्यमन्त्री हुँर्दै गर्दा म मुख्यमन्त्री हुँदाका बखत जस्तो गएको थिएँ, पाँच वर्षपछि त्यस्तै निस्कलंक भएर बाहिर निस्केको थिएँ । आज जनताले इमान्दार, निस्पक्ष र राम्रो व्यक्ति चाहेका छन्, जो सबैलाई समेटेर लैजान सक्छ । त्यो म सक्छु ।
आज चुनावमा करोडौँ खर्च गर्ने, लगानी लगाउने, भोलि असुल्ने र भ्रष्टाचार गर्ने नेताभन्दा म फरक हुँ भन्ने कुरा जनताले राम्रोसँग बुझेका छन् । मेरो सबभन्दा मजबुद आधार त्यो हो । मेरो इमान्दारिता बुझेर जनताले अहिले पनि मलाइ निर्वाचित गराउँछन् भन्ने मेरो विश्वास छ । अर्को मैले प्रस्तुत गरेका एजेण्डा म कार्यान्वयन गर्छु, म बाहेक अरुले कार्यान्वयन गर्न सक्ने देखिदैन । डोटीमा कयौँ सांसद आए, कयौँ पार्टीले पटकपटक चुनाव जिते, मन्त्री भए तर कसैले पनि डोटीका लागि केही गर्न सकेनन् ।
तपाइँको मुख्य प्रतिस्पर्धा कोसँग हुन्छ ?
त्रिपक्षीय प्रतिस्पर्धानै देखिन्छ । मलाइ के लाग्छ भने परीक्षण भइसकेका व्यक्ति मेरो प्रतिस्पर्धी छन् । विगतमा थुप्रै पटक पदमा हुँदा एउटा पनि उदाहरणयोग्य काम गर्न नसकेका व्यक्ति प्रतिस्पर्धी छन् । मैले भन्नसक्छु म निर्वाचित भएपछि डोटी क्याम्पस बनाएँ, मैले भन्न सक्छु ५० सय्याको अस्पताल बनाएँ, मैले भन्न सक्छ सडक पिच गराए, मैले भन्न सक्छ खानेपानी ल्याएँ । यसरी भन्नसक्ने व्यक्ति यहाँ अरु उम्मेदवार नभएकाले हुनाले यो कुरा जनताले राम्रोसँग बुझेका छन् । त्यसकारण त्रिपक्षीय प्रतिस्पर्धा देखिए पनि जताले मलाइ निर्वाचित गराउँछन् भन्ने विश्वास लिएको छु ।

शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २३ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.