काठमाडौं- भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना भएको छ । दिउँसो १२ बजे केदारनाथ धाममा हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
हेलिकोप्टर केदारनाथभन्दा दुई किलोमिटर अगाडि गरुडछट्टीमा दुर्घटना भएको बताइएको छ । हेलिकप्टर आर्यन कम्पनीको रहेको बताइएको छ । केदारनाथबाट फर्कने क्रममा गरुडछट्टी नजिक हेलिकोप्टर दुर्घटना भएको हो ।
अन्तराष्ट्रिय संचार माध्यम एएनआईका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । घटना भए लगत्तै टोली उद्धारका लागि प्ररिचालन गरिएको छ । कुहिरोमा उडेका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ ।














