• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

“सुरक्षित, हरित तथा जलवायु उत्थानशील विद्यालय” निर्माणका लागि नौं बुँदे प्रतिबद्धता व्यक्त

  •   बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिमका स्थानीय तहका जनप्रतिनिधिहरूले “सुरक्षित, हरित तथा जलवायु उत्थानशील विद्यालय” निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरक्षित तथा हरित विद्यालय र जलवायु उत्थानशील शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा विद्यालयलाई सुरक्षित, वातावरणमैत्री तथा विपद् उत्थानशील बनाउँदै गुणस्तरीय शिक्षाको आधार तयार गर्ने उद्देश्यसहित उनीहरूले नौ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रतिबद्धता अनुसार स्थानीय तहभित्र रहेका विद्यालय भवन, खानेपानी, शौचालय तथा अन्य संरचनाहरूलाई भूकम्प, बाढी, पहिरो, आगलागी लगायत बहु–प्रकोपबाट सुरक्षित हुने गरी निर्माण, मर्मत तथा स्तरोन्नति गरिनेछ। साथै जलवायु अनुकूल पूर्वाधार विकासलाई प्राथमिकता दिइने जनाइएको छ ।

त्यस्तै प्रत्येक विद्यालयमा विद्यालय सुरक्षा योजना, आपतकालीन कार्ययोजना, नियमित विपद् अभ्यास (मक ड्रिल) तथा प्रारम्भिक चेतावनी प्रणाली प्रभावकारी रूपमा लागू गरिने प्रतिबद्धता जनाइएको छ। विद्यालयस्तरमै विपद् जोखिम न्यूनीकरण तथा तयारी योजनालाई व्यवहारमा उतार्ने लक्ष्य राखिएको छ ।

प्रतिबद्धतामा विद्यालय परिसरलाई हरित र वातावरणमैत्री बनाउने विषयलाई समेत प्राथमिकता दिइएको छ । वृक्षारोपण, फोहोर व्यवस्थापन, प्लास्टिक न्यूनीकरण, वर्षा पानी संकलन तथा स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्दै हरित विद्यालय अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ ।

विद्यालयको सिकाइ प्रक्रिया, अतिरिक्त क्रियाकलाप तथा इको–क्लबमार्फत जलवायु परिवर्तन, वातावरण संरक्षण तथा विपद् सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
बालबालिका, अपाङ्गता भएका विद्यार्थी, किशोरी तथा विपन्न समुदायका बालबालिकाले सुरक्षित, समान र भयरहित सिकाइ वातावरण प्राप्त गर्ने सुनिश्चितता पनि प्रतिबद्धतामा समेटिएको छ ।
स्थानीय तहले विद्यालय सुरक्षा, हरित विद्यालय तथा जलवायु उत्थानशील शिक्षा कार्यक्रमका लागि आवश्यक बजेट तथा स्रोत सुनिश्चित गर्ने जनाएको छ । साथै अभिभावक, समुदाय, विद्यालय व्यवस्थापन समिति, युवा समूह तथा विकास साझेदार संस्थासँग सहकार्य र समन्वयलाई प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।

विपद् जोखिम न्यूनीकरण, तयारी, प्रतिकार्य तथा पुनर्लाभ कार्यलाई प्रभावकारी बनाउन स्थानीय तथा प्रदेशस्तरीय शिक्षा समूह गठन, पुनःगठन तथा परिचालन गर्ने व्यवस्था मिलाइनेछ। विद्यालय, शिक्षक तथा विद्यार्थीहरूको क्षमता विकासका लागि तालिम, अभिमुखीकरण तथा गोष्ठी सञ्चालन गरिने प्रतिबद्धता समेत जनप्रतिनिधिहरूले व्यक्त गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूले सुरक्षित, हरित तथा जलवायु उत्थानशील विद्यालय निर्माणलाई आगामी शिक्षा विकासको प्रमुख आधारका रूपमा अघि बढाउने समेत प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बहुउद्देश्यीय सेवा समाजको सहकार्य तथा समन्वयमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले गरेका थिए । कार्यक्रममा विद्यालयलाई सुरक्षित, वातावरणमैत्री र जलवायु परिवर्तनप्रति उत्थानशील बनाउने विषयमा विस्तृत छलफल गरी नौं बुँदै प्रतिवद्धता गरिएको हो ।

अभिमुखीकरणका क्रममा विद्यालय पूर्वाधारको सुरक्षा, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण, स्वच्छ खानेपानी, सरसफाइ तथा जलवायु परिवर्तनले शिक्षाक्षेत्रमा पार्ने प्रभावका विषयमा प्रस्तुति तथा अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिहरूले सुरक्षित तथा हरित विद्यालय निर्माणका लागि आ–आफ्नो क्षेत्रमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । जलवायुमैत्री शिक्षा प्रणाली विकास गर्न स्थानीय सरकार, विद्यालय र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालि नौं बुँदे प्रतिवद्धतापत्र घोषणा गरिएको थियो ।

  • “सुरक्षित
  • हरित तथा जलवायु उत्था
बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.