कैलाली । बोगटान फुडसिल गाउपालिका चवराचौतारा डोटीमा एकिकृत विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिएको छ । आज बिहान १० बजे देखि निसर्ग हस्पिटल धनगढी कैलालीको प्राविधिक सहयोगमा सो शिविर संचालन गरिएको हो ।
शिविर शनिवार र आईतबार सम्म संचालन गरिने निसर्ग हस्पिटलका स्वास्थ्यकर्मि एवं फोकल पर्सन केशवराज जोशीले निशाना न्युजलाई जानकारी दिए ।

शिविरको आयोजक स्वास्थ्य निर्देशनालय राजपुर डोटी सहयोग वोगटान फुडसिल गाउँपालिका र समन्वय चवरा चौतारा समाज धनगढीले गरिरहेको उनको भनाई छ ।
औषधीहरु निशुल्क गरिनुको साथै शिविरमा एक हजार नागरिकले सेवालिने अनुमान गरिएको उनले बताए । उपचारमा फिजिसियन डा. रेहन प्रधान, मेडिकल अधिकृत डा. युवराज भट्ट, वालरोग विशेषज्ञ डा. प्रदिप मिश्र, हाडजोर्नि तथा नसारोग विशेषज्ञ डा.बम बहादुर कुंवर, नाक कान तथा घाटीरोग विशेषज्ञ डा. सन्तोष डि.सी. मानसिक तथा नसा रोग बिशेषज्ञ डा. साजन खड्का, मेडिकल अधिकृत डा. आदित्य सिंह, जनरल फिजिसियन डा. विष्णु खड्का र मनोपरामर्शदाता शुनिल चटौत संलग्न रहेका छन् ।













