• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १९ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ९. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

  •   आइतबार, जेठ १७, २०८३ मा प्रकाशित

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत छन्। उनले सेवा सुरु गर्दा यातायात खर्चबापत ७५ रुपैयाँ पाउँथिन् ।

विष्टले ‘सेवा नै धर्म हो’ भन्ने भावसहित १५ दिने तालिम लिएर स्वयंसेविका भएर काम थालेको २८ वर्ष भयो । उनी हालै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गरेकामा खुसी छन् ।

विष्टले हाल बैठकबापत ४०० का दरले पाउने गरेकामा त्यसमा ५० प्रतिशत वृद्धि हुने व्यवस्थाले खुसी थपिएको बताइन् । ‘हिजोका दिनमा पनि हामी पैसा हेरेर यो सेवामा आएका होइनौँ । हाम्रो मूल ध्येय सेवा गर्ने हो, यस निर्णयले हामीलाई हौसला थपिएको छ’, उनले भनिन् ।

अर्का महिला स्वास्थ्य स्वयंसेविका सरस्वतीदेवी कार्कीले पनि यातायात खर्चबापतको रकम वृद्धिले काम गर्न थप हौसला मिलेको बताइन् ।

‘साइकल नहुँदा अटो चढेर भए पनि बोलाएको ठाउँमा पुग्दा खर्च बढी लाग्छ । पारिश्रमिक रकम धेरै नभए पनि समाजमा महिला स्वास्थ्य स्वयम् सेविकाप्रतिको सम्मान छुट्टै छ, त्यसमा यो निर्णयले थप योगदान पुग्नेछ’, उनले भनिन् ।

यहाँ स्वास्थ्य स्वयंसेविकाले राज्यबाट वार्षिक रूपमा पोसाक भत्ताबापत रु १० हजार, सुदूरपश्चिम प्रदेश सरकारबाट प्रोत्साहन स्वरूप रु १२ हजार र बेदकोट नगरपालिकाबाट रु १५ हजार पाउने गरेका छन् ।

‘सरकारले यातायात खर्च त बढायो, गाउँकै सेवामा जीवन बिताएका हामी जस्ता देशभरका हजारौँ स्वयंसेविकाका लागि थोरै भए पनि तलब भत्ता बढाइ दिए हुन्थ्यो । त्यसले हालको महँगीको अवस्थामा केही राहत मिल्थ्यो’, कार्कीले भनिन्, ‘बिरामी, सुत्केरी र सामान्य स्वास्थ्य समस्या हुँदा गाउँमा हामीलाई सम्झिने र सल्लाह लिने काम अझै धेरै गर्छन्, तर सेवा सुविधा सोअनुसार छैन ।’

सात जना स्वास्थ्य स्वयंसेविका भएको बेदकोट नगरपालिका–८ मा स्वास्थ्य एकाइदेखि वडामा हुने विभिन्न काममा उनीहरू खटिरहेका छन् ।

स्वास्थ्य स्वयंसेविका सरिता विष्ट आफूले २०६० सालदेखि सेवा गर्दै आएको जानकारी दिँदै अझै पनि धेरैजसो नागरिक प्राथमिक स्वास्थ्य उपचारदेखि विभिन्न जनचेतनामूलक कार्यक्रममा आफूहरूको भूमिका कायमै रहेको सुनाइन् ।

‘वडामा आधारभूत स्वास्थ्य एकाइहरू सञ्चालनमा आएपछि स्वास्थ्य स्वयंसेविकाको काम केही घटे पनि प्राथमिक उपचार र जनचेतनाका काममा अझै पनि नागरिक विश्वास रहेको छ’, उनले भनिन्, ‘अझै पनि गाउँमा जीवनजल, जिंक, कण्डमलगायत स्वास्थ्य सामग्रीका लागि स्थानीयहरू आउने गरेका छन् ।’

अन्य स्वास्थ्य स्वयंसेविकाले ६० वर्ष उमेर पार गरेपछि स्वास्थ्य अवकाशमा जाँदा राज्यबाट उचित प्याकेजसहितको सम्मान सुविधा हुनुपर्ने बताएका छन् ।

‘हामी चिकित्सक त होइनौँ, तर अझै पनि गाउँलेहरू ठूलो आशा गरेर हामी कहाँ आउँछन् । हामीले आफ्नो जीवन नै नागरिक सेवामा समर्पित गर्छौँ तर भविष्यको सुरक्षा छैन । यस विषयमा पनि सरकारले सोच्नुपर्छ’, उनीहरूको भनाइ छ ।रासस

आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कस्तो रहनेछ आजको मौसम ?
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ

समाचार

सबै

कस्तो रहनेछ आजको मौसम ?

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

कस्तो रहनेछ आजको मौसम ?

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १९ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.