• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २२ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २२ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

उत्तर कोरियाको आणविक दौड तीव्र

  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित

काठमाडौँ । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने सङ्केतस्वरूप आणविक बमका लागि आवश्यक इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ ।

राज्य सञ्चालित सञ्चारमाध्यमले सार्वजनिक गरेका विवरणअनुसार नेता किम जोङ उनले देशको आणविक शक्तिलाई तीव्र गतिमा विस्तार गर्ने लक्ष्य दोहोर्‍याएका हुन्, जसले कोरियाली प्रायद्वीपमा सुरक्षा चिन्तालाई थप बढाएको छ ।

दक्षिण कोरियाली सेनाले सार्वजनिक गरिएको स्थललाई युरेनियम संवर्धन संयन्त्रका रूपमा मूल्याङ्कन गरेको जनाएको छ । दक्षिण कोरियाको संयुक्त सैनिक मुख्यालयले उत्तर कोरियाको आणविक गतिविधिमाथि निगरानी गर्न संयुक्त राज्य अमेरिकासँग नजिकको समन्वय भइरहेको जानकारी दिएको छ, यद्यपि उक्त स्थलसम्बन्धी थप विवरण सार्वजनिक गरिएको छैन ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार नयाँ सुविधामा ‘अझ परिष्कृत प्रविधि’ प्रयोग गरिएको छ । तर संयन्त्रको ठ्याक्कै स्थान, यसको उत्पादन क्षमता वा सञ्चालन सुरु भएको मिति खुलाइएको छैन । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा हतियार–स्तरको युरेनियम उत्पादनका लागि प्रयोग हुने सेन्ट्रिफ्युजहरूले भरिएको ठूलो हल देखिन्छ, जसले उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार भइरहेको सङ्केत दिन्छ ।

नयाँ संयन्त्रको सार्वजनिकसँगै किमले पछिल्ला वर्षहरूदेखि अघि बढाउँदै आएको आणविक हतियार कार्यक्रम विस्तार गर्ने नीतिलाई थप स्पष्ट पारेको छ । उनले अमेरिका नेतृत्वको सुरक्षा चुनौती र सैन्य दबाबलाई उत्तर कोरियाले आफ्नो आणविक क्षमता बढाउनुको मुख्य कारणका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

केसीएनएका अनुसार किमले बुधबार उक्त आणविक केन्द्रको भ्रमण गरी सञ्चालन अवस्था र दीर्घकालीन उत्पादन योजनाबारे जानकारी लिएका थिए । भ्रमणका क्रममा उनले देशको आणविक प्रतिरोध क्षमता गुणस्तर र परिमाण दुवै हिसाबले अझ सुदृढ बनाउनुपर्ने आवश्यकता अझ बढ्दै गएको बताएका थिए ।

समाचार संस्थाले किमको भनाइ उद्धृत गर्दै उत्तर कोरिया ‘सबैभन्दा हिंसक शत्रुहरू’ सँग सामना गरिरहेको उल्लेख गरेको छ । यसलाई व्यापक रूपमा अमेरिका र दक्षिण कोरियातर्फ लक्षित टिप्पणी मानिएको छ । उनले बदलिँदो सुरक्षा वातावरण, विभिन्न खतराहरू र अन्तर्राष्ट्रिय सङ्कटलाई पनि आणविक क्षमता विस्तारको औचित्यका रूपमा प्रस्तुत गरेका छन् ।

केसीएनएले उत्तर कोरियाको हतियार–स्तरको आणविक सामग्री उत्पादन क्षमता पाँच वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको दाबी गरेको छ । यद्यपि उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। त्यसैगरी, किम र अन्य वरिष्ठ अधिकारीहरूले देशको आणविक क्षमता उल्लेखनीय रूपमा बढाउने दीर्घकालीन महत्त्वाकांक्षी योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको पनि केसीएनएले जनाएको छ ।

सार्वजनिक गरिएका तस्बिरहरूमा किम चाँदी रङका ट्युब र पाइपहरूले भरिएका सेन्ट्रिफ्युज हलजस्ता संरचनाबीच निरीक्षण गरिरहेको देखिन्छ । अर्को तस्बिरमा उनी वरिष्ठ अधिकारीहरूसँग बैठकमा सहभागी देखिएका छन् । बैठक कक्षमा राखिएको एउटा अस्पष्ट चित्रमा बमको अग्रभागजस्तो देखिने वस्तु देखिएको थियो, तर त्यो आणविक हतियारको नमूना हो वा होइन भन्ने स्पष्ट हुन सकेको छैन ।

उत्तर कोरियाले सेप्टेम्बर २०२४ मा अर्को गोप्य युरेनियम संवर्धन केन्द्र सार्वजनिक गरेको दुई वर्षभन्दा कम अवधिमा यो नयाँ खुलासा गरेको हो । सन् २०१० मा अमेरिकी आणविक विज्ञहरूलाई योङब्योनस्थित प्रमुख आणविक परिसर अवलोकन गराएपछि यस्ता सुविधाहरू सार्वजनिक रूपमा देखाइएको यो क्रम निरन्तर जारी छ ।

किमले सन् २०२४ मा पनि यस्तै एउटा संवर्धन केन्द्रको भ्रमणका क्रममा देशको आणविक शस्त्रागारलाई ‘द्रुत गतिमा’ विस्तार गर्न सेन्ट्रिफ्युजहरूको सङ्ख्या बढाउन र अझ उन्नत प्रविधिको विकास गर्न निर्देशन दिएका थिए । यसपटकको घोषणा पनि त्यही रणनीतिक दिशाको निरन्तरता मानिएको छ ।

उत्तर कोरियाले सन् २०१७ यता कुनै आणविक परीक्षण नगरे पनि पछिल्ला वर्षहरूमा आणविक हतियार बोक्न सक्ने विभिन्न प्रकारका क्षेप्यास्त्रहरूको विकास र परीक्षणलाई तीव्रता दिएको छ । तीमध्ये केही मिसाइलहरू एसियास्थित अमेरिकी सहयोगी राष्ट्रहरू मात्र नभई अमेरिकी मुख्य भूमिसम्म पुग्न सक्ने क्षमताका रहेको दाबी गरिएको छ । साथै किमले आणविक हतियारको मौज्दात बढाउन निरन्तर जोड दिँदै आएका छन् ।

दक्षिण कोरियाका एक वरिष्ठ अधिकारीले सन् २०१८ मा सांसदहरूलाई जानकारी दिँदै उत्तर कोरियासँग २० देखि ६० वटासम्म आणविक हतियार हुन सक्ने अनुमान प्रस्तुत गरेका थिए । तर पछिल्ला वर्षहरूमा केही अन्तर्राष्ट्रिय विज्ञहरूले उत्तर कोरियाको आणविक भण्डार १०० भन्दा बढी हतियारसम्म पुगिसकेको हुन सक्ने आकलन गरेका छन् । उत्तर कोरियाले प्रत्येक वर्ष थप छ देखि १८ वटासम्म आणविक हतियार उत्पादन गर्न सक्ने अनुमान पनि सार्वजनिक हुँदै आएको छ ।

गत वर्ष दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ–युङले उत्तर कोरियाले योङब्योनसहित कम्तीमा चारवटा युरेनियम संवर्धन केन्द्र सञ्चालन गरिरहेको र ती नियमित रूपमा सक्रिय रहेको बताएका थिए ।

आणविक हतियार निर्माणका लागि अत्यधिक संवर्धित युरेनियम वा प्लुटोनियम आवश्यक पर्छ । उत्तर कोरियासँग योङब्योन आणविक परिसरमा यी दुवै प्रकारका सामग्री उत्पादन गर्ने क्षमता रहेको मानिन्छ ।

विश्लेषकहरूका अनुसार सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीचको उच्चस्तरीय आणविक कूटनीति विफल भएपछि उत्तर कोरिया वार्ताभन्दा आफ्नो आणविक क्षमता विस्तार र आधुनिकीकरणमा बढी केन्द्रित भएको छ । त्यसयता अमेरिकाले वार्ता पुनः सुरु गर्ने प्रयास गरे पनि किमले त्यस्ता प्रस्तावहरू अस्वीकार गर्दै आएका थिए । रासस

 

 

बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २२ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २२ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.