धनगढी । धनगढी उपमहानगरपालिकाले प्रदान गरेको कक्षा ११–१२ छात्रवृत्तिअन्तर्गत डोटी जिल्लाका २९ जना विद्यार्थी छनोट भएका छन्।
एसईई परीक्षाको नतिजाका आधारमा तयार गरिएको मेरिट सूचीअनुसार छनोट भएका विद्यार्थीले संस्थागत विद्यालयमा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका हुन्। छात्रवृत्तिले विद्यार्थी तथा अभिभावकको आर्थिक भार कम गर्नुका साथै गुणस्तरीय शिक्षामा पहुँच बढाएको छ।
उपमहानगरपालिकाले हरेक वर्ष जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। यस वर्ष डोटीका २९ जना विद्यार्थी लाभान्वित भएका छन्।













