• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २३ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

  •   शनिबार, असार २०, २०८३ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर शिक्षा योजना ९२०८३(२०९३० को मस्यौदामाथि सरोकार भएका निकायबाट राय, सुझाव सङ्कलनका लागि छलफल सुरु गरेको छ ।

नगरपालिकाले शिक्षा क्षेत्रको दीर्घकालीन विकास, गुणस्तर सुधार तथा समयानुकूल शैक्षिक प्रणाली विकास गर्ने उद्देश्यले तयार गरेको मस्यौदामाथि सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, नगर कार्यपालिका, नगर शिक्षा समिति, शिक्षक, अभिभावक तथा शिक्षाविद्हरूसँग छलफल अघि बढाएको हो ।

नगर शिक्षा शाखाका प्रमुख टीकेन्द्रराज भट्टले शिक्षा योजना निर्माणका लागि पाँच सदस्यीय कार्यदल गठन गरी विगत केही महिनादेखि आवश्यक अध्ययन, अनुसन्धान तथा सुझाव सङ्कलन गरी मस्यौदा तयार गरिएको बताए । उनका अनुसार नगरभित्रका प्रत्येक विद्यालयमा पुगेर अभिभावक, शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गरी सुझाव लिइएको छ ।

साथै विद्यालय सुधार योजना, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारका शिक्षासम्बन्धी नीति, राष्ट्रिय पाठ्यक्रम प्रारूप(२०७६ तथा शिक्षा क्षेत्रका विद्यमान कानुनी व्यवस्थालाई आधार बनाएर मस्यौदा तयार गरिएको शाखा प्रमुख भट्टले जानकारी दिए । “सरोकार भएका निकायका प्रतिनिधिबाट प्राप्त सुझावलाई समेट्दै योजनालाई अन्तिम रूप दिएर कार्यान्वयनमा लैजाने तयारी गरेका छौँ”, उनले भने । नगरप्रमुख रणबहादुर महराले गुणस्तरीय शिक्षा समृद्ध नगर निर्माणको आधार भएकाले आगामी दशकलाई लक्षित गरी व्यवहारिक, कार्यान्वयनयोग्य र परिणाममुखी शिक्षा योजना तयार गरिएको बताए । उनले शिक्षामा गरिएको लगानी भविष्यको समृद्धिमा गरिएको लगानी भएकाले नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।

“कागजमा सीमित योजना बनाउन चाहँदैनौँ, आगामी १० वर्षभित्र शुक्लाफाँटाका सामुदायिक विद्यालयलाई गुणस्तरीय, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने गरी कार्यान्वयनयोग्य योजना तयार गरेका छौँ”, नगरप्रमुख महराले भने । उनका अनुसार नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग, सीपमूलक शिक्षा, स्थानीय पाठ्यक्रम, शिक्षक क्षमता विकास र विद्यालयको भौतिक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै योजना कार्यान्वयन गर्नेछ ।

नगर उपप्रमुख कल्पना पन्तले शिक्षा योजना निर्माणमा सबै सरोकारव भएका निकायको सक्रिय सहभागिता सुनिश्चित गरिएको बताउँदै प्राप्त सुझावका आधारमा योजनालाई थप परिमार्जन गरी अन्तिम रूप दिइने जानकारी दिइन् । उनले बालमैत्री, समावेशी, सुरक्षित तथा प्रविधिमैत्री सिकाइ वातावरण निर्माण नगरपालिकाको मुख्य लक्ष्य रहेको बताइन् ।

“विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, शिक्षकको क्षमता अभिवृद्धि, विद्यालय व्यवस्थापन सुदृढीकरण र अभिभावकको सहभागिता बढाउने विषयलाई योजनाले विशेष प्राथमिकता दिएको छ”, उपप्रमुख पन्तले भनिन् । योजनाको सफल कार्यान्वयनका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो ।

नगर शिक्षा तर्जुमा समितिका संयोजक रमेशबहादुर ऐरले सामुदायिक तथा संस्थागत विद्यालयबीचको गुणस्तरीय शिक्षाको अन्तर घटाउने, प्रविधिमैत्री तथा बालमैत्री शिक्षा प्रणाली विकास गर्ने उद्देश्यले विद्यालयहरूको नक्साङ्कन र अवस्थाको मूल्याङ्कन गरिएको जानकारी दिए । उनले स्थानीय आवश्यकता र सम्भावनाअनुसार शिक्षा नीति निर्माण गरिने बताए ।

छलफल कार्यक्रममा लालझाडी गाउँपालिकाका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख एवं कार्यक्रमका सहजकर्ता सिद्धराज भट्टले नगरपालिकाको शिक्षा योजना जीवनोपयोगी, सीपमूलक, सहभागितामूलक तथा व्यवहारिक हुनुपर्नेमा जोड दिए ।

उनले योजनामा गणित पार्क निर्माण, विद्यालय भान्सा सुधार, विपद् तथा आपतकालीन अवस्थामा शिक्षा निरन्तरता, सूचना प्रविधिमा सबैको पहुँच, सुशासन तथा व्यवस्थापन, स्थानीय शिक्षा योजनाको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा मूल्याङ्कन र स्रोत व्यवस्थापनलाई स्पष्टरूपमा मस्यौदामा समेटिएको बताए ।

नगरपालिकाले ‘प्रविधिमैत्री, गुणस्तरीय र सुरक्षित शैक्षिक वातावरण अभिवृद्धि, शुक्लाफाँटा नगरपालिकाको समृद्धि’ भन्ने दूरदृष्टि राख्दै आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्म लागू हुने शिक्षा योजनाको मस्यौदा तयार गरेको छ । योजनाको दीर्घकालीन सोच ‘गुणस्तरीय, समावेशी, प्रविधिमैत्री, सीपमूलक र रोजगारमुखी शिक्षामार्फत सक्षम, नैतिक र प्रतिस्पर्धी नागरिक निर्माण’ रहेको छ ।

योजनाले सबै बालबालिकाको विद्यालय पहुँच सुनिश्चित गर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, प्रविधिमैत्री शिक्षाको विस्तार गर्ने, सीप तथा रोजगारमुखी शिक्षा प्रवद्र्धन गर्ने, प्रारम्भिक बाल विकासलाई गुणस्तरीय बनाउने, विद्यालय छाड्ने दर घटाउने, शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने तथा सबै विद्यालयमा सुरक्षित र बालमैत्री वातावरण सुनिश्चित गर्ने लक्ष्य लिएको नगर शिक्षा तर्जुमा समितिका संयोजक ऐरले बताए ।

उनका अनुसार योजनाअन्तर्गत बाल विकास केन्द्र सुदृढीकरण, नमुना विद्यालय विकास, डिजिटल कक्षा सञ्चालन, विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापना, शिक्षक क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, खेलकुद, कला तथा संस्कृति प्रवद्र्धन, वातावरण संरक्षण तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी शिक्षा कार्यक्रम सञ्चालन गरिने मस्यौदामा प्रस्ताव गरिएको छ ।

नगरपालिकाका शिक्षा अधिकृत सुरेश भट्टका अनुसार शिक्षा योजना तीन चरणमा कार्यान्वयन गरिनेछ । पहिलो चरण (२०८३-२०८५) मा आधार निर्माण, दोस्रो चरण (२०८६-२०८९) मा शैक्षिक गुणस्तर अभिवृद्धि तथा तेस्रो चरण (२०९०-२०९३) मा दिगोपन र उत्कृष्टतामा जोड दिइनेछ ।

योजनाको प्रभावकारी कार्यान्वयनबाट आगामी १० वर्षभित्र शतप्रतिशत विद्यालय भर्ना, विद्यालय छाड्ने दर दुई प्रतिशतभन्दा कममा सीमित गर्ने, सबै विद्यालयमा इन्टरनेट सुविधा उपलब्ध गराउने, सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गर्ने, सुरक्षित विद्यालय भवन, स्वच्छ खानेपानी र शौचालयको व्यवस्था सुनिश्चित गर्ने तथा माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजामा उल्लेखनीय सुधार ल्याउने लक्ष्य राखिएको अधिकृत भट्टले जानकारी दिए ।

कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले स्थानीय आवश्यकता, समयको माग र आधुनिक शिक्षाको अवधारणाअनुसार तयार पारिएको शिक्षा योजनाले प्रभावकारी रूपमा कार्यान्वयन भए शुक्लाफाँटा नगरपालिकालाई सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट शैक्षिक स्थानीय तहका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।रासस

शनिबार, असार २०, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २३ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.