काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा २ हजार ४०० सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य १६० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला चार हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो ।













