कैलाली । किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना एक दिवंगत सदस्यका परिवारलाई ुसदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधाु अन्तर्गत ७ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहायता उपलब्ध गराएको छ।
संस्थाले डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय गर्दै आउनुभएकी आफ्नी ऋणी सदस्य कलावती देवी बोहराका श्रीमान् भीमबहादुर बोहराको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा आयोजना गरेको थियो। सो सभामा वडा अध्यक्ष बर बहादुर बोहराको उपस्थितीमा सँस्थाले मृतककी श्रीमती एवं संस्थाकी सदस्य कलावती बोहरालाई कुल ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो।
भविष्य सुरक्षित गर्दै संस्थाको सुरक्षण कोष
किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरूले लिने लघुऋणको अनिवार्य बिमा गर्ने गरेको छ। यस बिमाले घरमूलीको समेत रक्षावरण गर्ने हुँदा भवितव्य परेको अवस्थामा ऋण मिनाहा हुने व्यवस्था रहेको छ। संस्थाले ऋण मिनाहा गरिदिनुका साथै सदस्य सुरक्षण कोषबापत थप रकम समेत उपलब्ध गराएको हो।
संस्थाले आफ्ना सदस्यहरूका लागि ुजन्मदेखि मरणोपरान्तु सम्मका विभिन्न सामाजिक सुरक्षण सुविधाहरू सञ्चालन गर्दै आएको छ। जस अन्तर्गत सदस्य सुरक्षण कोषबाट विभिन्न सहायता स्वरूप आफ्ना सदस्यहरूलाई हालसम्म कुल ३४ करोड ९२ लाख ४६ हजार ९ सय रुपैयाँ रकम उपलब्ध गराइसकेको संस्थाले जनाएको छ।
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













