धनगढी ।माछापुछ्रे बैंक लिमिटेड राजपुर शाखाले प्रादेशिक आयुर्वेद चिकित्सालय, राजपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व CSR कार्यक्रम अन्तर्गत धनगढीको राजपुर स्थित प्रादेशिकआयुर्वेद चिकित्सालय लाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
बिरामीहरू लाई स्वच्छ र सुरक्षित पिउने पानीको सहज पहुँच पुऱ्याउने उद्देश्यले बैंकले चिकित्सालयलाई वाटर डिस्पेन्सर र वाटर प्युरिफायर उपलब्ध गराएको माछापुछ्रे बैंक लिमिटेड राजपुर शाखाका प्रमुख मनोज ओझाले निशाना न्युजलाई जानकारी दिए। बैंकका अनुसार उक्त सहयोगले चिकित्सालयको स्वास्थ्य सेवा वातावरण सुधार गर्न तथा बिरामी, तिनका आफन्त र कर्मचारीहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुऱ्याउने अपेक्षा गरिएको उनले बताए।सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका प्रतिनिधिहरू, चिकित्सालय व्यवस्थापन समिति, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
माछापुच्छ्रे बैंकले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दैआएकोछ।













