• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

  •   बुधबार, असार ३१, २०८३ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी सङ्क्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाउन र समुदायस्तरमा रोकथामका गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

स्वास्थ्य कार्यालयका औलो निरीक्षक तथा कीटजन्य रोग सम्पर्क व्यक्ति (फोकल पर्सन) सिद्धराज भट्टका अनुसार जनवरीमा पाँच, फेब्रुअरीमा छ, मार्चमा पाँच, अप्रिलमा सात, मेमा दुई र जुनमा तीन जना गरी २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

उनका अनुसार यही अवधिमा सुदूरपश्चिम प्रदेशभर कुल ७० जनामा सङ्क्रमण देखिएको छ । जसमा कञ्चनपुरपछि अछाममा १३, कैलालीमा १०, डडेल्धुरामा आठ, बझाङमा छ, डोटीमा तीन तथा दार्चुला र बैतडीमा एक–एक जना सङ्क्रमित फेलापरेका छन् ।

डेङ्गु ‘एडिस एजिप्टाई’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यो लामखुट्टेले प्रायः सफा र जमेको पानीमा फुल पार्ने तथा दिउँसो बढी सक्रिय रहने भएकाले घर, विद्यालय, कार्यालय र सार्वजनिकस्थल वरपर पानी जम्न नदिन विशेष ध्यान दिन आवश्यक रहेको भट्टले बताए ।

“डेङ्गुका चार प्रकारका विषाणु हुन्छन्”, भट्टले भने, “एकपटक लागेको प्रकारको डेङ्गु पुनः नलागे पनि अर्को प्रकारको सङ्क्रमण हुनसक्छ, दोस्रोपटक हुने सङ्क्रमण अझ जटिल र जोखिमपूर्ण हुने भएकाले थप सचेत रहन आवश्यक छ ।”

डेङ्गुको सङ्क्रमणकाल सामान्यतया तीनदेखि १० दिनसम्म रहने गर्दछ । सङ्क्रमण भएपछि १०२ देखि १०३ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, पेट तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने, शरीरमा राता बिमिरा देखिने तथा गम्भीर अवस्थामा आन्तरिक वा बाह्य रक्तस्रावसमेत हुनसक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले सङ्क्रमित व्यक्तिको समयमै परीक्षण र उपचार गर्न सके डेङ्गुबाट हुने मृत्युदर दुई प्रतिशतभन्दा कममा सीमित गर्न सकिने बताए । उनका अनुसार शिशु, गर्भवती, ज्येष्ठ नागरिक, मोटोपन भएका व्यक्ति, दीर्घरोगी तथा अत्यधिक रक्तस्राव भएका बिरामी डेङ्गुको उच्च जोखिममा पर्दछन् ।

उनले ज्वरो कम गर्न सिटामोल प्रयोग गर्न सकिने तर आइबुप्रोफेन र एस्पिरिनजस्ता औषधि चिकित्सकको सल्लाहबिना कदापि प्रयोग नगर्न सुझाव दिए ।

एउटा एडिस लामखुट्टेको आयु करिब ३० दिन हुन्छ । यस अवधिमा एउटा पोथी लामखुट्टेले पाँच सय देखि एक हजारसम्म अण्डा पार्न सक्छ । सङ्क्रमित लामखुट्टेको अण्डाबाट जन्मिने नयाँ लामखुट्टेमा पनि डेङ्गुको विषाणु रहन सक्छ ।

स्वास्थ्यकर्मी कृष्णराज जोशीका अनुसार डेङ्गु सार्ने लामखुट्टेका अण्डाहरू पानी नहुँदा पनि महिनौँसम्म जीवित रहन सक्छन् । त्यसैले पानी जम्न नदिनु नै यसको नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो ।

नेपालमा डेङ्गु पहिलोपटक २०६१ साल (सन् २००४) मा एक विदेशी नागरिकमा पुष्टि भएको थियो । त्यसयता यो सङ्क्रमण हरेक वर्ष विभिन्न जिल्लामा फैलिरहेको छ । हाल जलवायु परिवर्तन, तीव्र सहरीकरण, कमजोर रोग निगरानी प्रणाली, समयमै परीक्षणको अभाव, बसाइँसराइ र समुदायको न्यून सहभागितालाई डेङ्गु नियन्त्रणका प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ ।

कञ्चनपुरका नौवटै पालिकामा डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने (सर्च एन्ड डिस्ट्रोय) कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको औलो निरीक्षक भट्टले जानकारी दिए । यस अभियानअन्तर्गत लार्भा नष्ट गर्नेसँगै सरसफाइ, जनचेतना अभिवृद्धि, समुदाय परिचालन तथा छलफल र गोष्ठी सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्यकर्मीले गमला, फूलदानी, ड्रम, टायर र बट्टाहरू नियमित सफा गर्न, खानेपानीका ट्याङ्की ढाकेर राख्न, झ्यालढोकामा जाली लगाउन र दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्न सर्वसाधारणमा अपिल गरेका छन् ।रासस

बुधबार, असार ३१, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.