• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

सुदूरपश्चिममा बर्ड फ्लुको जोखिम उच्च सतर्कता अपनाउन आग्रह

  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित

धनगढी। काठमाडौं उपत्यकासहित देशका ११ जिल्लामा बर्ड फ्लु संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रदेशमा हालसम्म संक्रमण पुष्टि नभए पनि जोखिम कायम रहेकाले पशुपन्छी रोग अन्वेषण प्रयोगशाला केन्द्र, धनगढीले सबै सरोकारवालालाई सचेत रहन अनुरोध गरेको हो।

केन्द्रले भारत तथा नेपालका अन्य जिल्लाबाट चराचुरुङ्गीको अनियन्त्रित ओसारपसार नगर्न तथा कुखुरा फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

पशु चिकित्सक डा.विनोद संजेलका अनुसार सुदूरपश्चिममा हालसम्म बर्ड फ्लुको संक्रमण पुष्टि भएको छैन। “हरेक दिन कृषकले बिरामी कुखुरा परीक्षणका लागि ल्याउनुहुन्छ। हालसम्म गरिएका सबै परीक्षणमा बर्ड फ्लु संक्रमण देखिएको छैन,” उनले बताए।

उनका अनुसार बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार प्रदेशभरका कुखुरा फार्मको नियमित निगरानी, शंकास्पद तथा मरेका कुखुराको सुरक्षित व्यवस्थापन र आवश्यक अनुसन्धान भइरहेको छ। हाल सुदूरपश्चिमका नौ जिल्लामा कुखुराको नमुना परीक्षणसमेत जारी रहेको उनले जानकारी दिए।

डा.संजेलले अकस्मात धेरै कुखुरा मर्नु, श्वासप्रश्वासमा समस्या देखिनु, लोती (कलगी) सुन्निनु वा अन्य असामान्य लक्षण देखिएमा तत्काल नजिकको भेटेरिनरी अस्पताल वा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा जानकारी गराउन आग्रह गरेका छन्।

हाल नेपालका ७७ जिल्लामध्ये ११ जिल्लामा बर्ड फ्लु संक्रमण देखिएको छ। कोशी प्रदेशका झापा, मोरङ र सुनसरी तथा बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा अझै संक्रमणको प्रकोप रहेको डा.संजेलले बताए।

बर्ड फ्लु कुखुरा तथा अन्य पन्छीमा विषाणुका कारण हुने अत्यन्त संक्रामक रोग हो। यसले ठूलो संख्यामा पन्छीको मृत्यु गराउन सक्छ भने मानिसमा समेत सर्न सक्ने जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

रोगको जोखिम न्यूनीकरणका लागि फार्ममा प्रवेश गर्दा फुटबाथ वा डिसइन्फेक्टेन्ट स्प्रे प्रयोग गर्ने, फार्ममा छुट्टै कपडा र जुत्ता लगाउने, एउटा फार्मबाट अर्को फार्ममा अनावश्यक आवतजावत नगर्ने, सवारीसाधन तथा खोरको नियमित निसंक्रमण गर्ने, मरेका पन्छीलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने र साबुनपानीले नियमित हात धुने जस्ता उपाय अपनाउन डा. संजेलले आग्रह गरेका छन्।

  • संक्रमण
मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.