धनगढी । धनगढीमा अनसनरत डा. गोविन्द केसीविरुद्ध धनगढीमा प्रदर्शन गरिएको छ ।
शनिबार अनशन बसेको स्थानमा कृष्ण मन्दिर धर्मशाला बाहिर प्रदर्शन भएको गरिएको हो ।
बिहीबारदेखि चिकित्सा सुधारको माग गर्दै अनशन सुरु गरेका डा केसीकाविरुद्धमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति तथा केही अटो चालकहरूले प्रदर्शन गरेका हुन्।
उनीहरू ‘गाे ब्याक केसी’ भन्दै नाराबाजी गरेका थिए। केसीको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिएकाे छ। केसीको यस पटकको अनशनप्रति सुदूरपश्चिममा केहीले विरोध गरिरहेका छन्।
उनकाे अनसन लगत्तै केही स्थानीय एवं गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विराेध सुरु गरेकाे थियाे। उनीहरुले गेटामा संचालनका क्रममा रहेकाे विश्वविद्यालयमा अवराेध गर्ने उदेश्यले डाक्टर केसी अनसन बसेकाे आराेप लगाइरहेका छन्।
डाक्टर केसीले गेटामा माफिया र तिनका मतियारहरूको स्वार्थपूर्ति गर्न हतार-हतार शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन जबरजस्ती थोपरिएको आरोप लगाएका छन्।
उनले मेडिकल विश्वविद्यालय खोल्ने नै भए त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान या वीपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठानलाई मेडिकल विश्वविद्यालय बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।













