धनगढी । धनगढी ५ बुँदे माग राख्दै बिहीबारदेखि अनशनमा बसेका डा. गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीबीच छलफल सुरु भएको छ ।
आज डा.केसीका प्रतिनिधि र सरकारी टोलीबीच सेती प्रादेशिक अस्पतालमा छलफल सुरु भएको हो।
वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवाल,प्रतिनिधि सभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुुद मन्त्रालयका सचिव चूडामणी पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा सहभागी छन्।
डा.केसीका तर्फबाट उनका सहयोगी डा. अमृत जैशी र पवन थापा वार्तामा सहभागी रहेका छन्।













