धनगढी । कञ्चनपुरमा अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन ।
शुक्रबार जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।
पुनर्वास नगरपालिका-१० चकमेली बजार नजिकै हुलाकी सडक खण्डबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४१० मिलिग्राम, Nitrzpm-2 Tablets, Spamsmo-4 Tablets र Nitrazepam-24 Tablets सहित कैलालीको धनगढी उपमहानगरपालिका-४ चौराह बस्ने ३० वर्षीय मनिष भट्ट,वडा नं ३ बडरा बस्ने ३० वर्षीय हरि भन्ने हरिष खड्का र ३० वर्षीय वीरेन्द्र चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी,पुनर्वास न.पा.१० चकमेली बजार नजिकै हुलाकी सडक खण्डबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ३६० मिलिग्रामसहित कैलालीको धनगढी उपमहानगरपालिका- २ चौराह बस्ने २७ वर्षीय नरेन्द्रबहादुर विष्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



















