धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
आइतबार जिल्लाकक टीकापुर नगरपालिका-६ बाणीघाट पुल स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.५१ हजार बराबरको सुर्ती नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त सामान ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।



















