• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

आँट र धैर्यताको सफलता: गाई र भैंसी पालनबाट राम्रो आम्दानी गर्दै भागरथी

  •   मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित

टंक कुँवर
कैलाली ।आँट, धैर्य र निरन्तर मेहनत गर्ने हो भने असफलतापछि पनि सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् धनगढी उपमहानगरपालिका–१७, धुर्जन्नाकी भागरथी नाथ।

आत्मनिर्भर बन्ने उद्देश्यले नाथले २०७६ सालमा ‘भागरथी कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरी व्यवसायिक कृषि सुरु गरेकी थिइन्।

सुरुवातमा उनले सानो लगानीमा पाँच कठ्ठा जमिनमा तरकारी खेती गरिन्। मेहनत गर्दै जाँदा आम्दानी पनि राम्रो हुन थाल्यो। त्यसपछि उनले व्यवसाय विस्तार गर्ने सोच बनाइन् र एक बिघा जमिन भाडामा लिएर तरकारी खेती गर्ने योजना अघि सारिन्।

तर उनले सोचेअनुसार तरकारी खेतीबाट सफलता पाउन सकिनन्। उत्पादनको समयमा भारतबाट तरकारी भित्रिनु, बेमौसमी तरकारीमा दैवी प्रकोप आउनु, बजार व्यवस्थापनको समस्या हुनुका साथै गाउँबाट बजारसम्म उत्पादन पुर्‍याउन यातायातको पर्याप्त सुविधा नहुँदा उनले ठूलो घाटा व्यहोर्नुपर्‍यो।

‘तरकारी खेतीबाट करिब सात लाख रुपैयाँ घाटा भयो,’ भागरथीले भनिन्, ‘तर घाटा भयो भन्दैमा मेरो आँट मरेन।’

तरकारी खेतीमा घाटा भएपछि उनले व्यवसाय परिवर्तन गर्दै गाईभैँसी पालन सुरु गरिन्।

सुरुमा दुईवटा गाई र तीनवटा भैँसीबाट पशुपालन व्यवसाय सुरु गरेकी भागरथी अहिले यही व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएकी छन्।

गाईभैँसी पालन सुरु गरेको करिब पाँच वर्षपछि उनको व्यवसायले गति लिएको छ। सुरुमा दैनिक करिब ८० लिटर दूध बजारमा बिक्री गर्ने गरेकी उनी अहिले आफ्नै फार्मको उत्पादनसँगै गाउँका अन्य किसानले उत्पादन गरेको दूधसमेत संकलन गरेर बजारमा बिक्री गर्दै आएकी छन्।

अहिले दैनिक करिब १८० लिटर दूध बिक्री भइरहेको भागरथीले बताइन्।

उनका अनुसार दूध बिक्रीबाट मासिक करिब ४ लाख ५ हजार रुपैयाँको कारोबार हुन्छ। सबै खर्च कटाएर मासिक करिब १ लाख ८० हजार रुपैयाँ आम्दानी हुने गरेको उनले बताइन्।

‘अहिले दूध बजारसम्म पुर्‍याउन आफ्नै साधन छ,’ उनले भनिन्, ‘हरेक बिहान ८ बजे रिक्सा लिएर दूध बजार पुर्‍याउने गर्छु।’

लगातारको मेहनत र संघर्षका कारण भागरथीको पाँच सदस्यीय परिवारको आर्थिक अवस्था पनि सुधारिँदै गएको छ।

यही व्यवसायबाट भएको आम्दानीले उनले छोराको शिक्षासँगै  श्रीमानको अध्ययन खर्चसमेत धान्दै आएकी छन्।

उनका छोरा कक्षा २ मा निजी विद्यालयमा अध्ययनरत छन् भने श्रीमानले हालै मास्टर डिग्री पूरा गरेका छन्। श्रीमानकाे उच्च शिक्षाका लागि आवश्यक खर्चसमेत आफूले यही व्यवसायबाट जुटाएर काठमाडौं पठाउने गरेको भागरथीले बताइन्।

व्यवसायमा घाटा र चुनौती आए पनि निरन्तर मेहनत गर्न छाड्नु हुँदैन भन्ने उनको अनुभव छ।

‘काम सानो–ठूलो भनेर छुट्याउनु हुँदैन। दुःख नगरी केही हुँदैन। काम गर्दा घाटा भयो भन्दैमा काम गर्न छोड्नु हुँदैन,’ भागरथीले भनिन्, ‘निरन्तर काम गरिरहने हो भने सफलता एक दिन अवश्य आउँछ।’

तरकारी खेतीमा भएको ठूलो घाटाले आफूलाई निराश बनाए पनि त्यही अनुभवले नयाँ व्यवसाय सुरु गर्ने हिम्मत दिएको उनको भनाइ छ।

‘मैले तरकारी खेतीमा घाटा भयो भन्दैमा काम गर्न छोडेको भए आज यहाँसम्म पुग्न सक्ने थिइनँ,’ उनले भनिन्।

भागरथीको कथा अहिले धनगढीका अन्य कृषकका लागि पनि प्रेरणाको विषय बनेको छ।

असफलताबाट नआत्तिने, व्यवसायमा आएको चुनौतीलाई अवसरका रूपमा लिने र निरन्तर मेहनत गर्ने हो भने कृषि तथा पशुपालनबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन्।

उनको भनाइमा सफलताको पहिलो सर्त ठूलो लगानी होइन, आँट, धैर्य र निरन्तर मेहनत हो।

  • आँट र धैर्यता
मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.