• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

आँट र धैर्यताको सफलता: गाई र भैंसी पालनबाट राम्रो आम्दानी गर्दै भागरथी

  •   मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित

टंक कुँवर
कैलाली ।आँट, धैर्य र निरन्तर मेहनत गर्ने हो भने असफलतापछि पनि सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् धनगढी उपमहानगरपालिका–१७, धुर्जन्नाकी भागरथी नाथ।

आत्मनिर्भर बन्ने उद्देश्यले नाथले २०७६ सालमा ‘भागरथी कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरी व्यवसायिक कृषि सुरु गरेकी थिइन्।

सुरुवातमा उनले सानो लगानीमा पाँच कठ्ठा जमिनमा तरकारी खेती गरिन्। मेहनत गर्दै जाँदा आम्दानी पनि राम्रो हुन थाल्यो। त्यसपछि उनले व्यवसाय विस्तार गर्ने सोच बनाइन् र एक बिघा जमिन भाडामा लिएर तरकारी खेती गर्ने योजना अघि सारिन्।

तर उनले सोचेअनुसार तरकारी खेतीबाट सफलता पाउन सकिनन्। उत्पादनको समयमा भारतबाट तरकारी भित्रिनु, बेमौसमी तरकारीमा दैवी प्रकोप आउनु, बजार व्यवस्थापनको समस्या हुनुका साथै गाउँबाट बजारसम्म उत्पादन पुर्‍याउन यातायातको पर्याप्त सुविधा नहुँदा उनले ठूलो घाटा व्यहोर्नुपर्‍यो।

‘तरकारी खेतीबाट करिब सात लाख रुपैयाँ घाटा भयो,’ भागरथीले भनिन्, ‘तर घाटा भयो भन्दैमा मेरो आँट मरेन।’

तरकारी खेतीमा घाटा भएपछि उनले व्यवसाय परिवर्तन गर्दै गाईभैँसी पालन सुरु गरिन्।

सुरुमा दुईवटा गाई र तीनवटा भैँसीबाट पशुपालन व्यवसाय सुरु गरेकी भागरथी अहिले यही व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएकी छन्।

गाईभैँसी पालन सुरु गरेको करिब पाँच वर्षपछि उनको व्यवसायले गति लिएको छ। सुरुमा दैनिक करिब ८० लिटर दूध बजारमा बिक्री गर्ने गरेकी उनी अहिले आफ्नै फार्मको उत्पादनसँगै गाउँका अन्य किसानले उत्पादन गरेको दूधसमेत संकलन गरेर बजारमा बिक्री गर्दै आएकी छन्।

अहिले दैनिक करिब १८० लिटर दूध बिक्री भइरहेको भागरथीले बताइन्।

उनका अनुसार दूध बिक्रीबाट मासिक करिब ४ लाख ५ हजार रुपैयाँको कारोबार हुन्छ। सबै खर्च कटाएर मासिक करिब १ लाख ८० हजार रुपैयाँ आम्दानी हुने गरेको उनले बताइन्।

‘अहिले दूध बजारसम्म पुर्‍याउन आफ्नै साधन छ,’ उनले भनिन्, ‘हरेक बिहान ८ बजे रिक्सा लिएर दूध बजार पुर्‍याउने गर्छु।’

लगातारको मेहनत र संघर्षका कारण भागरथीको पाँच सदस्यीय परिवारको आर्थिक अवस्था पनि सुधारिँदै गएको छ।

यही व्यवसायबाट भएको आम्दानीले उनले छोराको शिक्षासँगै  श्रीमानको अध्ययन खर्चसमेत धान्दै आएकी छन्।

उनका छोरा कक्षा २ मा निजी विद्यालयमा अध्ययनरत छन् भने श्रीमानले हालै मास्टर डिग्री पूरा गरेका छन्। श्रीमानकाे उच्च शिक्षाका लागि आवश्यक खर्चसमेत आफूले यही व्यवसायबाट जुटाएर काठमाडौं पठाउने गरेको भागरथीले बताइन्।

व्यवसायमा घाटा र चुनौती आए पनि निरन्तर मेहनत गर्न छाड्नु हुँदैन भन्ने उनको अनुभव छ।

‘काम सानो–ठूलो भनेर छुट्याउनु हुँदैन। दुःख नगरी केही हुँदैन। काम गर्दा घाटा भयो भन्दैमा काम गर्न छोड्नु हुँदैन,’ भागरथीले भनिन्, ‘निरन्तर काम गरिरहने हो भने सफलता एक दिन अवश्य आउँछ।’

तरकारी खेतीमा भएको ठूलो घाटाले आफूलाई निराश बनाए पनि त्यही अनुभवले नयाँ व्यवसाय सुरु गर्ने हिम्मत दिएको उनको भनाइ छ।

‘मैले तरकारी खेतीमा घाटा भयो भन्दैमा काम गर्न छोडेको भए आज यहाँसम्म पुग्न सक्ने थिइनँ,’ उनले भनिन्।

भागरथीको कथा अहिले धनगढीका अन्य कृषकका लागि पनि प्रेरणाको विषय बनेको छ।

असफलताबाट नआत्तिने, व्यवसायमा आएको चुनौतीलाई अवसरका रूपमा लिने र निरन्तर मेहनत गर्ने हो भने कृषि तथा पशुपालनबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन्।

उनको भनाइमा सफलताको पहिलो सर्त ठूलो लगानी होइन, आँट, धैर्य र निरन्तर मेहनत हो।

  • आँट र धैर्यता
मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.