• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलालीमा निजी स्वास्थ्य संस्थाको अनुगमन

  •   बुधबार, साउन २७, २०८३ मा प्रकाशित

धनगढी । स्वास्थ्य कार्यालय कैलालीले जिल्लामा सञ्चालनमा रहेका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाको अनुगमनका क्रममा विभिन्न कमजोरी तथा मापदण्ड पालना नगरेको अवस्था भेटाएको छ । स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा, सेवा सञ्चालनको अनुमति, न्यूनतम सेवा मापदण्ड तथा आवश्यक जनशक्तिको अवस्थालगायत विषयमा स्वास्थ्य कार्यालय कैलालीले अनुगमन गरेको हो।

स्वास्थ्य कार्यालय कैलालीले जिल्लामा तयार गरिएको अनुगमन प्रतिवेदनअनुसार १७ वटा डेन्टल क्लिनिकको अनुगमन गरिएकोमा १३ वटा नयाँ दर्ता भएको र ४ वटा बन्द गरिएको स्वास्थ्य कार्यालय कैलालीका निजी स्वास्थ्य संस्था अनुगमन संयोजक सूर्य बिष्टले निशाना न्युजलाई जानकारी दिए ।

त्यस्तै, १२ वटा निजी तथा सामुदायिक अस्पतालको अनुगमन गरिएको छ। अनुगमनका क्रममा एउटा नयाँ इजाजत दर्ता गरिएको, दुईवटा अस्पताललाई स्पष्टीकरण सोधिएको, तीनवटामाथि कारबाहीका लागि सिफारिस गरिएको तथा नौवटालाई मापदण्ड सुधार गरी आवश्यक प्रक्रिया पूरा गर्न सुझाव दिइएको प्रतिवेदनमा उल्लेख छ।

स्वास्थ्य क्लिनिक तथा विशेषज्ञ क्लिनिकतर्फ ५० वटा संस्थाको अनुगमन गरिएको छ। तीमध्ये २६ वटा विशेषज्ञ क्लिनिक नयाँ दर्ता भएको, एउटा संस्था जिल्ला प्रशासन कार्यालयको रोहबरमा बन्द गरिएको र २४ वटालाई मापदण्ड तथा आवश्यक प्रक्रिया पूरा गरी सञ्चालन गर्न सुझाव दिइएको छ।

यसैगरी सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने १२ वटा निजी स्वास्थ्य संस्थाको पनि अनुगमन गरिएको छ। अनुगमनका क्रममा कतिपय संस्थामा आवश्यक मापदण्ड पूरा नभएको, तालिमप्राप्त स्वास्थ्यकर्मी नभएको, इजाजतपत्रबिना सेवा सञ्चालन गरिएको तथा सेवा बन्द गरेपछि आवश्यक अभिलेख र प्रतिवेदन नराखिएको अवस्था भेटिएको प्रतिवेदनमा उल्लेख छ। यस्ता संस्थालाई आवश्यक निर्देशन दिइएको जनाइएको छ।

स्वास्थ्य संस्थाको नियमित अनुगमनमार्फत सेवा सञ्चालनका लागि आवश्यक मापदण्ड, इजाजतपत्र, जनशक्ति, अभिलेख तथा सेवा गुणस्तर कायम गराउने उद्देश्य रहेको प्रतिवेदनले देखाएको छ। स्वास्थ्य सेवा प्रदायक संस्थाले तोकिएका मापदण्ड तथा कानुनी प्रक्रिया पूरा गरेर मात्रै सेवा सञ्चालन गर्नुपर्नेमा सम्बन्धित निकायले जोड दिएको छ।

  • निजी स्वास्थ्य संस्था
बुधबार, साउन २७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.