• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलालीमा ट्राफिक कारबाहीबाट साउनमै ११ लाख बढी राजस्व संकलन

  •   बिहिबार, साउन २८, २०८३ मा प्रकाशित

कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८३/०८४ को साउन महिनामा सवारी साधन कारबाहीबाट ११ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
साउन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ३८७ वटा सवारी साधनलाई कारबाही गर्दा उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख एवं प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले निशाना न्युजलाई जानकारी दिए।
उनका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा कैलालीमा १८ हजार १० वटा सवारी साधनलाई कारबाही गर्दा १ करोड ४७ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
त्यस्तै, गत आर्थिक वर्षमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २ हजार ४५४ जना चालकलाई कारबाही गर्दा १३ लाख ३९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षको साउन महिनामा भने मापसे गरी सवारी चलाउने ३६५ जना चालकलाई कारबाही गरी करिब २ लाख रुपैयाँ राजस्व संकलन गरिएको आचार्यले बताए।
कैलालीमा सवारी दुर्घटनाको अवस्था पनि चिन्ताजनक रहेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षमा जिल्लामा ६०१ वटा सवारी दुर्घटना हुँदा ८२ जनाको मृत्यु भएको थियो भने ५८४ जना गम्भीर घाइते भएका थिए। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ११८ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु र ४७ जना गम्भीर घाइते भएका छन्।
ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमलाई समेत निरन्तरता दिएको छ। गत आर्थिक वर्षमा ७२९ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ४१ हजार २६० जना लाभान्वित भएका थिए। त्यस्तै, लेन र मापसेसम्बन्धी कक्षा ४८ पटक सञ्चालन गरिएकोमा १ हजार ४५ जना सहभागी भएका थिए।
चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ६८ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ३ हजार ४०७ जनालाई सहभागी गराइएको आचार्यले बताए। सो अवधिमा ६ पटक लेन तथा मापसेसम्बन्धी कक्षा सञ्चालन गर्दा ३८८ जना सहभागी भएका छन्।
ट्राफिक प्रहरीले क्षमता भन्दा बढी सामान बोकेका ७५ वटा ट्रकलाई कारबाही गरी २ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यस्तै, रातो नम्बर प्लेट भएका २० वटा सवारी साधनलाई कारबाही गर्दा १ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
मापसे तथा लागू पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा १६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको पनि प्रहरी निरीक्षक आचार्यले जानकारी दिए।
त्यसैगरी, मोटरसाइकलमा मोडिफाइ गरी प्रयोग गरिएका साइलेन्सरका कारण ध्वनि प्रदूषण बढेको भन्दै १७ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही…का लागि यातायात व्यवस्था कार्यालय धनगढीमा पठाइएको उनले बताए।
प्रहरीका अनुसार ट्राफिक नियम उल्लंघन नियन्त्रणसँगै सडक दुर्घटना न्यूनीकरणका लागि नियमित चेकजाँच, कारबाही तथा जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाइनेछ।

  • कारबाही
बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.