धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट आज (बुधबार) विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज उनले विश्वासको मत लिन लागेका हुन्।
नेकपा संसदीय दलका नेता रहेका भट्ट गत साउन २९ गते नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री भट्टले मंगलबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गरेका थिए ।
उनले मंगलबार नै सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइदिन आग्रह गरेका थिए ।
उनको पत्रअनुसार आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।














