• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

एक महिनामा बजेट पुनर्लेखन र पारित गर्ने मुख्यमन्त्री भट्टको घोषणा

  •   बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखन गर्ने भएको छ । प्रदेशसभामा विचाराधीन अवस्थामा रहेको बजेटलाई पुनर्लेखन गरेर पारित गर्ने सरकारको तयारी छ ।

मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा बजेट पुनर्लेखन गर्ने जानकारी दिएका हुन् । उनले बजेट पुनर्लेखनका लागि केही चाडपर्वका दिनबाहेक अन्य बिदाका दिनमा समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय खुला राखेर काम अघि बढाइने बताए ।

मुख्यमन्त्री भट्टले जनअपेक्षाअनुसार बजेट पुनर्लेखन गरी पारित गर्नुपर्नेमा जोड दिए । बजेट कार्यान्वयन गर्नुपर्ने समय एक महिना मात्रै बाँकी रहेकाले पुनर्लेखन, पारित र कार्यान्वयनलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो । ‘बजेट पुनर्लेखन गरेर पारित गर्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने चाप छ,’ मुख्यमन्त्री भट्टले भने ।

उनले आफ्नो नेतृत्वको सरकारले विकासलाई कुनै निश्चित क्षेत्र वा सहरमा मात्र केन्द्रित नगरी प्रदेशका पहाड, हिमाल र तराईलाई सन्तुलित, समानुपातिक र समावेशी ढंगले अघि बढाउने बताए । भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, आर्थिक, सामाजिक तथा मानव विकासलाई पनि प्राथमिकतामा राखेर बजेट पुनर्लेखन गरिने उनले स्पष्ट पारे ।

‘शिक्षा, स्वास्थ्य र विकासको लहर ल्याउँदै सुदूरपश्चिमको मुहार फेर्ने संकल्प गर्दछौँ,’ उनले भने, ‘राज्यको स्रोत र साधन परिचालन गर्ने कुरा सुसंगत प्रणालीअन्तर्गत हुनुपर्छ ।’

मुख्यमन्त्री भट्टले अघिल्लो सरकारले ल्याएको बजेटमा केही राम्रा कार्यक्रम रहेकाले तिनलाई पुनर्लेखनमार्फत समेटिने बताए। बजेट पूर्ण रूपमा नयाँ नहुने भन्दै उनले आवश्यक सुधारसहित अघि बढाउने स्पष्ट पारे ।

‘तपाईंहरूले ल्याउनुभएको छ, त्यो पास हुन सकेको छैन,’ नेपाली कांग्रेसतर्फ संकेत गर्दै उनले भने, ‘त्यसलाई हामीले पुनर्लेखन गर्ने भनेका छौँ । त्यो भनेको पूरै नयाँ लेख्ने होइन । त्यसभित्र जे–जति खराब चिजहरू छन्, हामी छलफल गरेर निष्कर्ष निकाल्छौँ र सुधार गर्छौँ । त्यसभित्रका राम्रा कुराहरूलाई पुनर्लेखनको अंग बनाउन हामीलाई कुनै आपत्ति छैन ।’

निवर्तमान आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले आफूले विनियोजन गरेको बजेट कटौती हुने चिन्ता व्यक्त गरेपछि मुख्यमन्त्रीले सबै क्षेत्र समेटेर बजेट ल्याइने जवाफ दिए ।

सरकारले बजेट पुनर्लेखन गरेर प्रदेशसभाबाट पारित गराएपछि बाँकी रहेको अवधिमा कार्यान्वयनलाई समेत तीव्रता दिने तयारी गरेको छ । बजेट पारित हुन नसक्दा लामो समयदेखि प्रभावित बनेका प्रदेश सरकारका योजना तथा कार्यक्रमलाई गति दिने सरकारको लक्ष्य छ ।

  • बजेट
बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.