• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिमकाे बजेटमा बेथितिको चाङ, एउटै पालिकामा २४४ योजना

  •   शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण र कार्यान्वयनलाई पारदर्शी तथा आवश्यकतामा आधारित बनाउने दाबी गर्दै आए पनि व्यवहारमा भने ठुलो सङ्ख्यामा साना तथा टुक्रे योजना राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन ।प्रदेश सरकारले आफैँ बनाएको मापदण्डविपरीत न्यून बजेटका योजना धेरै सङ्ख्यामा समावेश भएपछि बजेट विनियोजनको प्रक्रिया र त्यसमा हुने राजनीतिक प्रभावमाथि देखिएको छ ।

कमलवहादुर शाह नेतृत्वको अघिल्लो प्रदेश सरकारले २५ लाख रुपैयाँभन्दा कम लागतका आयोजना कार्यान्वयन नगर्ने तथा उपभोक्ता समितिमार्फत हुने कामलाई निरुत्साहित गर्ने नीति अघि सारेको थियो । बजेटमा  भने ५ देखि १० लाख रुपैयाँसम्मका योजनाको सङ्ख्या ठुलो देखिएपछि नीति र कार्यान्वयनबिचको अन्तर दार्चुलाको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयअन्तर्गत रहेका योजनाको विवरणले देखाएको छ ।कार्यालयअन्तर्गत ४८८ योजना रहेकामा ४८४ वटा योजना १० लाख रुपैयाँभन्दा कम बजेटका छन् । १० लाख रुपैयाँभन्दा बढी बजेट भएका योजना चार वटामात्रै छन् । यसरी सयौँ योजना सानो रकममा विभाजन हुँदा बजेट छरिने र त्यसबाट ठोस उपलब्धि हासिल गर्न कठिन हुने देखिन्छ ।

दार्चुलाका नौ स्थानीय तहमध्ये शैल्यशिखर नगरपालिकामा मात्रै सिँचाइतर्फ २४४ वटा योजना समावेश गरिएको छ । सिँचाइ क्षेत्रका लागि करिब ३६ करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको भए पनि खर्च भने १६.२१ प्रतिशतमा सीमित रहेको विवरण छ । ठुलो सङ्ख्यामा योजना राखिए पनि खर्चको गति कमजोर हुनुमा योजना छनोट, कार्यान्वयन क्षमता र अनुगमनबिचको समन्वय अभाव मुख्य कारण हुन सक्ने देखिन्छ ।

स्थानीयस्तरमा भने योजना छनोटमा राजनीतिक पहुँच र बिचौलियाको प्रभाव रहने गरेको आरोप लाग्दै आएको छ । प्रदेशबाट योजना पारिदिने नाममा आफूअनुकूल व्यक्तिलाई उपभोक्ता समितिमा राख्ने, योजनाको काम र भुक्तानी प्रक्रियामा प्रभाव पार्ने तथा कमिसनको चलखेल हुने गरेको आरोप स्थानीयले लगाएका छन् ।

स्थानीयका अनुसार कतिपय योजनामा काम सुरु हुनुअघि नै उपभोक्ता समिति गठनदेखि बिल मिलाउनेसम्मको सेटिङ हुने गरेको छ । केही योजनामा बजेटको ठुलो हिस्सा वास्तविक काममा खर्च नभई अन्यत्र जाने गरेको आरोपसमेत छ ।

धनगढीमा बसेर विभिन्न मन्त्रालय तथा राजनीतिक नेतृत्वसँग पहुँच बनाउँदै योजना बजेटमा पार्ने प्रयास हुने गरेको स्रोतको दाबी छ । सरकार परिवर्तन वा मन्त्री फेरबदलको समयमा आफ्नो पक्षका योजना बजेटमा समावेश गराउन बिचौलियाहरू सक्रिय हुने गरेको बताइन्छ ।

दार्चुला सिँचाइ डिभिजन कार्यालयमा एक इन्जिनियरसहित तीन जना प्राविधिक कर्मचारीमात्रै रहेको बताइएको छ। सयौँ योजनाको स्थलगत निरीक्षण, नापजाँच र गुणस्तर परीक्षण गर्न सीमित जनशक्तिका कारण कठिनाइ हुने गरेको कार्यालयका इन्जिनियरिङ अधिकृत मदनबहादुर भण्डारी बताउँछन् ।

उनका अनुसार योजनाको सङ्ख्या धेरै भएकाले सबै आयोजनामा नियमित रूपमा पुगेर प्राविधिक परीक्षण गर्न सहज छैन । यसले अनुगमन र गुणस्तरमा प्रश्न उठ्ने अवस्था सिर्जना गरेको छ ।

प्रदेशमा चालु आर्थिक वर्षको नयाँ बजेट निर्माणको तयारी भइरहेका बेला विगतको यस्तो प्रवृत्ति दोहोरिन नदिनुपर्ने आवाज उठेको छ । मुख्यमन्त्री खगराज भट्टले पनि योजना किनबेच हुने गरेको गुनासो सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आगामी बजेटमा पारदर्शिता कायम गर्ने, कमिसनको प्रभाव रोक्ने र एउटै स्थानमा आवश्यकता भन्दा बढी योजना नथुपार्ने सङ्केत दिएका छन् ।

‘नितिगत रुपमा भ्रष्टाचार कसरी हुन्छ भन्ने कुराको आकलन गछौँ, बजेटमा बेथिति कहाँ कहाँ बाट हुन्छ भन्ने कुरा खोज्छौ, बेचौलियाको प्रभाव बढ्ने आधार र कारण पनि पत्ता लगाएर निष्पक्षरुपमा कमिसन रहित बजेट बनाउँछौँ । विगतका जस्तो प्रवृति दोहोरिदैन,’ भट्टले भने । रातोपाटीबाट

  • सुदूरपश्चिममा बेथिति
शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.