• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • २ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

लोकप्रिय समाचार

  • १. कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा संक्रमण

  • २. होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा आतिथ्य सेवा

  • ३. प्यारामेडिक्स स्वास्थ्यकर्मीका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री भट्टको प्रतिवद्धता

  • ४. मुख्यमन्त्री भट्टद्वारा सेती अस्पतालको अनुगमन,सुधारको कार्ययोजना ल्याउन निर्देशन

  • ५. धनगढीमा निःशुल्क शव चिस्यान, ७९८ जनाले लिए सेवा

  • ६. निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ७. विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

  • ८. सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

  • ९. संकटमा पनि नहारेका शमशेर: हिमशिखर सहकारीको सहयोगमा पुनः जम्दै व्यापारमा

  • १०. मौलिक पर्वहरु सांस्कृतिक विविधता र एकताका जीवन्त प्रतीक हुन् : मुख्यमन्त्री भट्ट

दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल

  •   शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दार्चुला जिल्लाका स्थानीय तहका प्रमुखहरूसँग आगामी बजेट तथा विकास निर्माणका विषयमा छलफल गरेका छन ।

छलफलमा स्थानीय तह र प्रदेशबीचको समन्वय, आगामी बजेटको प्राथमिकता, विकास निर्माणका आयोजना, स्वास्थ्य सेवा सुधार, सुशासन तथा योजना कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको थियो।

मुख्यमन्त्री भट्टले विकास निर्माणका नाममा टुक्रे तथा खरिद–बिक्री केन्द्रित योजना बनाउने प्रवृत्ति अन्त्य गर्दै नीति, विधि, पद्धति र प्रणालीअनुसार योजना छनोट तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । प्रदेश गौरवका आयोजना, बहुवर्षीय योजना तथा दीर्घकालीन महत्वका सडक र पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

उनले महाकाली करिडोरसँग जोडिएका आयोजना तथा बहुवर्षीय सडकलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताउँदै विकास निर्माणमा हुने भ्रष्टाचार, अनियमितता र बिचौलियाको अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताउँदै मुख्यमन्त्री भट्टले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी स्वास्थ्य सेवामा सुधार गर्नुपर्ने बताए । दार्चुलाको गोकुलेश्वर अस्पतालको सेवा सुधार गरी आवश्यकताअनुसार प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्न पहल गरिने उनले बताए ।

स्थानीय तहको सिफारिस र आवश्यकताका आधारमा योजना छनोट हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले प्रदेशबाट विनियोजन भएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । प्रदेशका आफ्नै आर्थिक स्रोत वृद्धि गर्दै विकासलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता समेत उनले औँल्याए ।

प्रदेशबाट विभिन्न क्षेत्रमा उल्लेख्य विकास निर्माणका काम भइरहे पनि प्रदेश सरकारप्रति नकारात्मक धारणा देखिनुका कारण पहिचान गरी सुधार गर्नुपर्ने उनको भनाइ थियो। जीर्ण तथा अलपत्र योजनाको व्यवस्थापन, योजना सङ्कलन र कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको उनले बताए।

छलफलमा मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामी, महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरासिंह धामी, शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजय सिंह धामी, व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल, लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशी लगायत स्थानीय तहका प्रमुखहरूको सहभागिता रहेको थियो।

छलफलमा दार्चुलाका विभिन्न विकास आयोजना, सडक निर्माण, स्वास्थ्य सेवा, स्थानीय आवश्यकताका आधारमा योजना छनोट तथा प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयका विषयमा समेत सुझाव आदानप्रदान गरिएको थियो।
सुसासनमा जोड दिँदै बहुवर्षीय र ठुला योजनामा ध्यान दिनुपर्ने पालिका प्रमुखहरूको सुझाव रहेको थियो ।

शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डीआईजी भट्टराईद्वारा ट्राफिक कार्यालय अत्तरियाको निरीक्षण
आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास
सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा धनगढीको पहल, शैलेश्वरी मन्दिरमा सामग्री हस्तान्तरण
सुदूरपश्चिम कला र संस्कृतिको भण्डार हो : प्रदेश प्रमुख मियाँ
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

समाचार

सबै

डीआईजी भट्टराईद्वारा ट्राफिक कार्यालय अत्तरियाको निरीक्षण

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास

दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल

डीआईजी भट्टराईद्वारा ट्राफिक कार्यालय अत्तरियाको निरीक्षण

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास

दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल

विशेष

सबै
शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • २ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • २ महिना 

  • १.
    कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा

  • २.
    होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा

  • ३.
    प्यारामेडिक्स स्वास्थ्यकर्मीका समस्या समाधान गर्न पहल गर्ने

  • ४.
    मुख्यमन्त्री भट्टद्वारा सेती अस्पतालको अनुगमन,सुधारको कार्ययोजना ल्याउन

  • ५.
    धनगढीमा निःशुल्क शव चिस्यान, ७९८ जनाले लिए

  • ६.
    निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.