• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

बालिका बलात्कार घटना : फेरिन नसकेको सामाजिक मनोविज्ञान

  •   मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित

बारा जिल्लामा तीन वर्षीया बालिकाको बलत्कारपछि विभत्स हत्या ! यो साच्चै एक कानुनी राज्य, अझ भनौँ भने एक्काइसौं शताब्दीको सिङ्गो मानव सभ्यताको लागि एक चुनौतिपूर्ण र लज्जास्पद घटना हो । यो घटना म बसेको समाजमा घटिरहेको छ, त्यसकारण म पनि लज्जित छु र आत्मग्लानी साथ भन्छु, हाम्रो शिक्षा प्रणाली असफल र असक्षम सावित भएको महसुस भइरहेको छ ।

यो घटना नौलो र पहिलो पनि होइन । कहिले सतीका नाममा त कहिले देउकी र झुमाका नाममा पितृसत्तात्मक शासन व्यवस्था र त्यसका शासकरूले आफूअनुकुल समाजको व्याख्या गरेर महिलामाथि आफ्नो दानवत्व प्रदर्शन गरिनै रहेका छन् । यहाँ पुरुषमात्र होइन महिलाहरू स्वयम् पनि पितृसत्ताको कवजमा चलायमान छन् ।

समय अगाडि बढिरहेको छ । विज्ञान र प्रविधिको चरम विकाससँगै शिक्षाले फड्को मारेको छ । सबैका हातमा स्मार्ट फोनहरू छन् । आज संसारको एक कुनामा बसेर अर्को कुनामा के हुँदैछ थाहा पाउन एक मिनेट पनि लाग्दैन । तर हाम्रो समाजमा केवल रुपान्तरित पितृसत्ताको शासन चलिरहेको छ । हिजो सती, झुमा, देउकी आदिको नाममा महिलामाथि दमन, शोषण र हिंसा हुन्थ्यो भने आज दाइजो, प्रेम आदिका नाममा जिउँदै जलाइन्छ ।

आज बडो संवेदनशील घडीमा अत्यन्त दुख र ग्लानीका साथ बारामा भएको तीन वर्षीया बालिकाको बलत्कारपछि विभत्स हत्या र त्यसपछिको बहुआयामिक असरको विषयमा मेरो नितान्त व्यक्तिगत विचार राखिरहेको छु । मेरा विचारहरूले कहीँ कतै कसैलाई नकारात्मक असर पर्‍यो भने माफी चाहन्छु र कसैलाई दुखाउने मेरो मनसाय होइन भन्न चाहन्छु ।

अब कुरा गरौँ नाबालिकाको बलत्कारपछि विभत्स हत्या र त्यसले समाजमा ल्याएको बहुआयामिक प्रभावको ।
१) यो घटनापछि एकथरी मान्छे राज्यलाई कानुन परिमार्जन गरी यस घटनामा संलग्न व्यक्तिलाई मृत्युदण्डको सजाय माग गर्दै सडकमा र सामाजिक संजालमा दवाव दिँदै छन् । जसको कारण फेरि यस्ता घटना दोहोरिने छैनन् र बालिकालाई न्याय हुन्छ भन्ने तर्क रहेको छ । जुन संवैधानिक र अन्तर्राष्ट्रिय सन्धी, सम्झौताको आधारमा गर्न नसकिने अवस्था देखिन्छ ।

अझ कतिपय स्थानमा त १० वर्ष पनि नपुगेका बालबालिकालाई हातमा प्लेकार्ड बोकाएर विरोध र्‍यालीमा अगाडि–पछाडि लगाएको देखिन्छ । के यो कार्य कानुन सम्मत छ ? अर्थात् यस्तो कार्यले बालमनोविज्ञानमा पर्ने असरको आँकलन गरिएको छ ?

२) अर्कोथरी मान्छेहरू, जसका छोरी छैनन्, धन्न भगवान हाम्रा छोरी छैनन् भन्दै आफूलाई भाग्यमानी र आफ्ना छोराहरूलाई सुरक्षित ठानिरहेको कुरा सामाजिक संजालमा अभिव्यक्त गरिरहेका छन् । तुलनात्मकरुपमा जोखिम कम होला तर के साच्चै हरेक छोराहरू सुरक्षित छन् त ? छोराहरूलाई यौन दुव्र्यवहार र हत्या हुँदैन या भएको छैन त ?

३) अर्कोथरी जो छोरीका अभिभावकहरू हुन्, आफ्ना साना नाबालक छोरीलाई काखमा राखेर भावुक हुँदै छोरी यो दुनियाँ तिम्रो लागि कठिन छ, तिमी बलियो हुनुपर्छ, बचेर हिँड्नु पर्छ । अपरिचितले दिएको खानु हुँदैनजस्ता कुरा सिकाउँदै गरेको भिडियोहरू पोस्ट गरिरहेका छन् । के घटना अपरिचित व्यक्तिहरूबाट मात्र घट्छन् त ? बाबु, काका, मामा, दाजु, साथी ….को हुन् अपरिचित ? कसले दिएको खाने ? कसले दिएको नखाने त्यो नाबालकलाई यति ठूलो दुविधामा पारेर के गर्दैछौँ हामी ? अझ विभिन्न अध्ययनहरूको प्रतिवेदन हेर्ने हो भने त अपरिचितभन्दा परिचित, टाढाभन्दा नजिक र पराइभन्दा आफन्तबाटै यस्ता घटना घटेको देखिन्छ ।

उमेरअनुसार विद्यालय र परिवारले यस्तो शिक्षा दिनु पर्छ, यो कुरामा दुईमत छैन । तर सिकाउने समय, बालकको उमेर, अझ सामाजिक सञ्जालमा पोष्ट गर्दा यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक असरप्रति अलिक सम्वेदनशील हुने की ?

४) अर्कोथरी पीडित बालिकालगायत विगतमा बलात्कार र हत्या भएका बालिकाका तस्विरहरु सामाजिक सञ्जालमा राखेर कन्टेन्टमार्फत् विरोध र सरकारलाई दवाव दिँदै र परिवारलाई सहानुभूति दिँदै गरेको देखिन्छ । यस्ता कन्टेन्टहरुले घटनालाई अलिकति बिर्सिन र आफ्नो जीवन अगाडि बढाउन हिम्मत गरेका परिवार र आफन्तलाई पुनः आघात हुने कुराप्रति हामी कत्तिको संवेदनशील छौँ ?

५) अर्कोथरी अभियन्ताहरू, जसले आफ्ना पाँच/छ वर्षमुनिका छोराछोरीलाई उभ्याएर उनीहरूका शरीरका ‘प्राइभेट पार्ट’ चिनाउने र नाइ (No) भन्न सिकाउने अभ्यास गराउँदै सामाजिक सञ्जालमा पोस्ट गरिरहेको देखिन्छ । यसरी बालबालिकाहरूलाई उनीहरूको संवेदनशील अंगहरू चिनाउनु, ‘गुड टच’ र ‘ब्याड टच’ सिकाउनु अत्यन्त आवश्यक छ । अझ यस्ता कुराहरू बालबालिकाले परिवारमात्र होइन कक्षाकोठामा पनि सिक्नु पर्दछ । यो विषय विद्यालय शिक्षाको पाठ्यक्रममै समावेश हुनु पर्दछ । तर कुनै घटना घट्नासाथ अचानक सबैले आफ्नो बच्चालाई अभ्यास गराउँदै गरेको भिडियो सार्वजनिक गर्नु कत्तिको सुरक्षित र संवेदनशील छ भन्ने प्रश्न हो ।

६) अर्कोथरी मानिस जसले गरिमा हत्या प्रकरणमा दोषी शंका गरिएका व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धानका क्रममा गरिएको कुराकानी रेकर्ड गरी सामाजिक सञ्जालमा भाइरल बनाउँदै गरेको देखिन्छ । यो विषयमा एकपक्ष उक्त दोषी १८ वर्षमुनिको हुनाले बाल न्याय र बाल इजलासअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढ्नु पर्ने कानुनी प्रावधान देखिन्छ भने अर्को पक्ष अनुसन्धान हुँदै गरेको गम्भीर विषय यति हल्का र सार्वजनिक गर्नु के कानुनसम्मत छ ? उक्त भिडियोमा दोषी करार बालकले जुन किसिमले बडो आत्मविश्वासका साथ अपराध स्विकार गर्दैछ, त्यो हिम्मत कसले दियो ? त्यो हिम्मत र त्यो भिडियोले समाजमा अन्य बालबालिकामा कस्तो मनोवैज्ञानिक असर पर्ला ? दोषीको परिवार उसले यो कुरा कसरी सामना गर्ला ? भन्ने विषय पनि महत्वपूर्ण हुन सक्छ ।

७) अर्कोथरी यी सबै घटना परिघटनालाई मोबाइलमा स्क्रोल गर्दै निराश, उदास, अनि मौन छन् । के शिक्षित वर्गको यो मौनताले शिक्षालाई मर्यादित बनाउन र मानव जीवनलाई खुशी दिन सक्ला त ?

८) अर्कोथरी माननीय गृहमन्त्री र पीडित परिवारको छलफल र सहमतिको दस्तावेज सेयर गर्दै आहा ! यस्तो पो हो सुशासन भन्दै गुणगान गाउने र अर्कोथरी यस्तो पनि सहमति हुन्छ भनेर विरोध गर्ने । एउटा नाबालक सन्तानको बलात्कार र विभत्स हत्या भएको छ । सारा देश शोकमा डुबेको छ । दुनिया काँपेको छ । यस्तो अवस्थामा स्वयम् पीडितका बुवाले हामी खुशी छौँ भन्ने अवस्था कसरी सिर्जना भयो ? बालिकाको सालिक बनाउने कुरा कहाँबाट आयो ? त्यो सालिकले कसरी न्याय दिन्छ र त्योभन्दा पनि ठूलो कुरा बावुले खुशी छौँ भनेको भिडियो खिचेर भाइरल गराउनु कत्तिको न्यायोचित र संवेदनशील कार्य हो ? यसले आमजनमानसमा के सन्देश दिन्छ होला ?

यी सबै घटाना र परिघटनाहरूले यो पंक्तिकारलाई सोँच्न बाध्य बनाइरहेका छन् । के हरेक घटनामा फोटो, भिडियो पोस्ट गरेरमात्र दुःख व्यक्त गर्न या विरोध या सहमति जनाउन सकिन्छ ? के हरेक बालबालिकालाई यस्ता संवेदनशील विषयमा संलग्न गराउन आवश्यक र सुरक्षित छ ? हाम्रो समाज कता जाँदैछ ? हाम्रो शिक्षा प्रणालीले कस्ता नागरिक उत्पादन गरिरहेको छ ? हामीले प्रविधिको प्रयोग साच्चिकै सही तरिकाले गरिरहेका छौँ ? हाम्रो सामाजिक सञ्जाल मोह र अभ्यासले हाम्रा आफ्ना छोराछोरीको बालापन खोसिरहेको त छैन ? सामाजिक सञ्जाल बाहिर पनि दुनिया छ, जहाँ हामीले मिलेर धेरै गर्न सकिन्छ । सचेत र संवेदनशील बनौँ । कानुनी व्यवस्थाको सुनिश्चितता होस् । पीडितले न्याय पाओस् र आमनागरिकले सुरक्षित जीवनयापन गर्ने वातावरण होस् । मानवता जीवित राखौँ ।

मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.