कैलाली ।कैलाली जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरी ल्याइएका सामान प्रहरीले बरामद गरेको छ।
बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका सुटपिस, साडी, रस्सी, मोटरसाइकल थान–१ लगायतका सामान फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद गरिएका सामानको अन्दाजी मूल्य २ लाख ५९ हजार ६ सय रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
कैलालीमा २ लाख ५९ हजार बढीको भन्सार छलीका सामान बरामद
कैलालीमा २ लाख ५९ हजार बढीको भन्सार छलीका सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














