• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

दिनहुँ गरिने यी ६ गल्ती, जसले बिस्तारै बिगार्दैछ तपाईंको स्वास्थ्य

  •   सोमबार, भदौ १५, २०८३ मा प्रकाशित

काठमाडौँ । हाम्रा केही बानीहरू यति सामान्य भइसकेका छन्, हामी तिनलाई स्वास्थ्यका लागि हानिकारक नै ठान्दैनौँ।

खाना खाँदा मोबाइल फोन प्रयोग गर्नु वा भोक नलागेको बेला बारम्बार केही न केही खाइरहनु यस्तै बानीभित्र पर्छन्।

यी साना बानीले बिस्तारै हाम्रो स्वास्थ्य र पाचन प्रणालीमा असर पुर्‍याउन सक्छन्। त्यसैगरी, पानी पिउन लापरबाही गर्नु वा शौचालय जाने आवश्यकतालाई बारम्बार बेवास्ता गर्नु पनि राम्रो होइन।

आजको यस लेखमा हामी यस्तै केही बानीबारे चर्चा गर्नेछौँ, जसलाई समयमै सुधारिएन भने अनेकौँ स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ।

खाना खाँदा मोबाइल फोनको प्रयोग
खाना खाँदा लगातार मोबाइल फोन चलाउने बानीले तपाईंको खानपिनको तरिकालाई असर गर्न सक्छ। स्क्रिनमा ध्यान केन्द्रित गर्दा आफूले कति खाइयो वा पेट भरियो वा भरिएन भन्ने पत्तै हुँदैन। यसले गर्दा आवश्यकताभन्दा बढी खाइन्छ। तसर्थ, खाना खाने बेलामा टिभी, मोबाइल फोन वा अन्य स्क्रिनबाट टाढा रहेर शान्तसँग बिस्तारै र ध्यानपूर्वक खाना खानु बेस हुन्छ।

नियमित तालिकाबिनै खाना छाड्नु
धेरै मानिस तौल घटाउने भन्दै बिहानको खाजा वा दिउँसोको खाना छाड्ने गर्छन्। कहिलेकाहीँ खाना नखानु सामान्य कुरा हो, तर नियमित रूपमा कुनै तालिकाबिना यसरी खाना छाड्दा यसले आहारलाई असन्तुलित बनाउँछ। यसले गर्दा पछि भोक लाग्दा शरीरलाई चाहिनेभन्दा बढी खाने जोखिम बढ्छ। कुनै पनि समयको खाना छाड्नु समस्याको समाधान होइन, यसले उल्टै अन्य स्वास्थ्य समस्या निम्त्याउँछ।

खाना खाएपछि सधैँ मिठाई खानु
केही व्यक्तिमा खाना खानेबित्तिकै मिठाई, चकलेट वा अन्य गुलियो खानेकुरा खाने बानी हुन्छ। तपाईं पनि यही सूचीमा पर्नुहुन्छ भने सचेत हुनुहोस्। यस्तो बानीले शरीरमा चिनी र क्यालोरीको मात्रा बढाउँछ। यो दैनिक बानी नै बनेमा लामो समयपछि तौल अस्वाभाविक रूपमा बढ्न सक्छ। हरेक पटक खाना खाएपछि मिठाई खानु आवश्यक छैन। यदि तपाईंलाई गुलियो खान मन लागेमा फलफूल जस्ता स्वस्थकर खानेकुरा खान सक्नुहुन्छ।

राति एकैपटक धेरै पानी पिउनु
केही मानिस दिनभरि पानी पिउन बिर्सन्छन् अनि साँझ वा राति एकैचोटि धेरै पानी पिउँछन्। शरीरलाई स्वस्थ ९हाइड्रेटेड० राख्न दिनभरि पानी पिउनु जरुरी हुन्छ। एकैचोटि धेरै पानी पिउनुको सट्टा तिर्खा, मौसम र शरीरको आवश्यकताअनुसार दिनभरि अलिअलि गरेर पानी पिउनुहोस्। सुत्नुभन्दा ठिक अगाडि धेरै पानी पिउनाले राति बारम्बार पिसाब लाग्ने र निद्रा बिथोलिने समस्या हुन सक्छ।

खानाको बिचमा केही न केही खाइरहनु
भोक नलागे पनि बारम्बार केही न केही खाइरहने अर्को नराम्रो बानी हो। लगातार कुटुरकुटुर केही खाइरहने बानीले दैनिक क्यालोरीको मात्रा बढाउँछ। विशेषगरी चिप्स, बिस्कुट जस्ता नुनिलो वा गुलियो ‘जङ्क फुड’ खाइन्छ भने यसले झनै समस्या बढाउँछ। यदि तपाईंलाई के खाऊँ के खाऊँ भइरहन्छ वा भोक लागेको महसुस हुन्छ भने फलफूल, बदाम, दही वा अन्य स्वस्थकर खानेकुरा खानुहोस्। तनाव, अल्छीपन वा बानीकै कारण अस्वस्थकर खानेकुरा खाने बानी आजै त्याग्नुहोस्।

समयमै शौचालय नजानु
अल्छी लागेकै कारण केही मानिस पिसाब वा दिसा लाग्दा पनि समयमै शौचालय जाँदैनन्। यस्तो बानीले कब्जियत जस्ता गम्भीर समस्या निम्त्याउनुका साथै पिसाब फेर्दा पोल्ने वा सङ्क्रमण हुने जोखिम बढाउँछ।एजेन्सी

 

सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.