धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको अनुगमन गरेका छन् ।
आफ्नो प्रतिबद्धताअनुसार मुख्यमन्त्री भट्टले अस्पतालको अनुगमन गर्दै सेवा प्रवाहको अवस्था, बिरामीले पाउने सेवा तथा अस्पतालका विभिन्न पक्षबारे जानकारी लिएका थिए।
अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन अस्पतालका कर्मचारी तथा सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।
उनले अस्पतालमा उपचारका लागि आउने नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। साथै, अस्पतालको सेवा सुधारका लागि आवश्यक पहल र समन्वय गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














