• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

आर्थिक वर्षको डेढ महिना बित्यो, सुदूरपश्चिम अझै बजेटविहीन

  •   बुधबार, भदौ १७, २०८३ मा प्रकाशित

धनगढी । चालु आर्थिक वर्ष सुरु भएको डेढ महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार बजेटविहीन अवस्थामा छ । प्रदेशसभाबाट बजेट पारित हुन नसकेपछि प्रदेश सरकारको खर्च गर्ने कानुनी आधारसमेत बनेको छैन ।

यसअघि नेपाली कांग्रेस र नेकपा (एमाले) को सत्ता साझेदारीमा रहेको प्रदेश सरकारले गत १ असारमा ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो । तर, बजेट विनियोजनलाई लिएर सत्ता साझेदार दलबीच विवाद भएपछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकार ढल्यो । अहिले नेकपा र एमालेको साझेदारीमा नयाँ सरकार गठन भएको छ । नेकपाका खगराज भट्ट मुख्यमन्त्री छन् ।

नयाँ सरकारले पुनर्लेखन गरेर बजेट ल्याउने बताउँदै आए पनि सरकार गठन भएको दुई साता पुगिसक्दा बजेट पुनर्लेखनको औपचारिक प्रक्रिया भने सुरु हुन सकेको छैन । बजेट कुन ढाँचामा पुनर्लेखन गर्ने भन्ने विषयमा सत्तारूढ दलबीच नै सहमति जुट्न नसकेको हो ।

प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले बजेट पुनर्लेखनको तयारी भइरहेको बताए । ‘अहिले नै पुनर्लेखन सुरु भइसकेको छैन,’ उनले भने, ‘त्यसैको तयारीमा हामी जुटेका छौँ ।’

आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी सत्यराज जोशीले राजनीतिक सहमति जुटेपछि मन्त्रिपरिषद्बाट निर्णय गराएर औपचारिक रूपमा बजेट पुनर्लेखनको प्रक्रिया अघि बढाइने बताए ।

गत १ असारमा प्रदेशसभामा पेस गरिएको बजेटमा गत आर्थिक वर्षको बचतलाई प्रमुख स्रोतका रूपमा समावेश गरिएको थियो । ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेटमा गत आर्थिक वर्षको बचत ९ अर्ब ६५ करोड रुपैयाँ स्रोतका रूपमा अनुमान गरिएको थियो ।

तर, वास्तविक बचत अनुमानभन्दा ४ अर्ब ७८ करोड २२ लाख रुपैयाँ कम देखिएको छ । वास्तविक बचतलाई आधार मान्दा चालु आर्थिक वर्षको प्रदेश बजेट करिब ३२ अर्ब रुपैयाँमा सीमित हुने देखिएको छ ।

यसअघि प्रस्तुत बजेट फिर्ता लिएर वास्तविक स्रोत तथा आवश्यकताका आधारमा नयाँ बजेट ल्याउने सरकारको तयारी छ ।

प्रदेश सरकार बजेटविहीन अवस्थामा रहे पनि मन्त्रिपरिषद्ले भने रसुवाको भोटेकोसी बाढी प्रभावितको राहत, उद्धार तथा खोजतलासका लागि २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा १२ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

आर्थिक मामिलामन्त्री मल्लले बजेट शून्यताको अवस्थामा पनि विपद् प्रभावितका लागि सहयोग गर्न कानुनी तथा आर्थिक समस्या नरहेको दाबी गरे ।

‘प्रदेश विपद् व्यवस्थापन कोषमा पाँच–सात करोड रुपैयाँ मौज्दात छ,’ उनले भने, ‘सोही रकममध्ये २ करोड रुपैयाँ भोटेकोसी बाढी प्रभावितका लागि पठाउने निर्णय भएको हो ।’

प्रदेशका प्रमुख सचिव वैकुण्ठप्रसाद अर्यालले पनि विपद् व्यवस्थापन कोषमा रहेको रकम प्रयोग गर्न कानुनी समस्या नरहेको बताए । उनका अनुसार कार्यालय खुलेपछि कोषमा मौज्दात रहेको रकमबाट २ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

१२ भदौकै मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री र मन्त्रीहरूले एक–एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको थियो ।

तर, प्रदेश सरकार बजेटविहीन अवस्थामा रहेकाले मुख्यमन्त्री, मन्त्री तथा कर्मचारीले चालु आर्थिक वर्षको तलबभत्ता नै पाएका छैनन् । यस्तो अवस्थामा तलबबाट सहयोग गर्ने निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।

आर्थिक मामिलामन्त्री मल्लले भने अन्य स्रोतबाट व्यवस्थापन गरेर भए पनि उक्त रकम सहयोग गरिने बताए ।

  • बजेट
बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.