• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता २३ हजारभन्दा बढी सदस्य प्रत्यक्ष लाभान्वित हुने

"उपचारमा १० देखि २० प्रतिशतसम्म छुट "
  •   बुधबार, भदौ १७, २०८३ मा प्रकाशित

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र टीकापुर नगरपालिका–१ स्थित ओम कृष्ण अस्पताल तथा रिसर्च सेन्टर प्रालिबीच स्वास्थ्य सेवा तथा सहुलियत प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।

‘स्वस्थ सदस्य, समृद्ध समुदाय’ भन्ने उद्देश्यका साथ बुधबार आयोजित विशेष समारोहमा दुई संस्थाबीच सम्झौता–पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतासँगै लम्कीचुहा र टीकापुर नगरपालिका, जानकी तथा जोशीपुर गाउँपालिका र बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने सहकारीका २३ हजारभन्दा बढी शेयर सदस्य तथा उनीहरूका एकाघरका आश्रित परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन्।

उपचारमा १० देखि २० प्रतिशतसम्म छुट

सम्झौता अनुसार किसान सहकारीका सदस्य तथा उनीहरूका एकाघरका परिवारले ओम कृष्ण अस्पतालबाट विभिन्न स्वास्थ्य सेवा लिँदा न्यूनतम १० देखि अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन्।

अस्पतालले जनरल बेड तथा क्याबिनमा भर्ना, आईसीयू, एनआईसीयू, सामान्य तथा जटिल शल्यक्रिया, ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र अस्पतालको आफ्नै फार्मेसीबाट औषधि खरिदमा तोकिएको सहुलियत उपलब्ध गराउनेछ।

यस्तै, ओपीडी दर्ता तथा एमबीबीएस चिकित्सकको परामर्श शुल्क अधिकतम रु. १५० कायम गरिएको छ भने नियमित फलोअप परामर्श निःशुल्क हुने व्यवस्था गरिएको छ।
सहुलियत लिन सेवाग्राहीले अस्पतालको शुल्क भुक्तानी गर्नुअघि किसान सहकारीले जारी गरेको आधिकारिक शेयर सदस्य परिचयपत्र वा सम्बन्धित शाखा कार्यालयको सिफारिसपत्र पेश गर्नुपर्नेछ।

समुदायस्तरमा स्वास्थ्य कार्यक्रम सञ्चालन हुने
सम्झौतापछि ओम कृष्ण अस्पतालका प्रबन्ध निर्देशक कृष्णप्रसाद उपाध्याय (बजगाईं)ले सहकारीका सदस्यलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पाउँदा खुसी व्यक्त गर्नुभयो। उहाँले अत्याधुनिक प्रविधि तथा उपकरण र विशेषज्ञ चिकित्सकको निगरानीमा अस्पतालले प्रदान गरिरहेको स्वास्थ्य सेवाबाट सदस्यहरूले प्रत्यक्ष लाभ लिने विश्वास व्यक्त गर्नुभयो।

किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले सदस्यलाई वित्तीय कारोबारसँगै सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवामा समेत प्रत्यक्ष टेवा पुर्‍याउने उद्देश्यले अस्पतालसँग सहकार्य गरिएको बताउनुभयो। उहाँले सम्झौताबाट प्राप्त हुने स्वास्थ्य सहुलियतको अधिकतम लाभ लिन सदस्य तथा उनीहरूका परिवारलाई आग्रह गर्नुभयो।

सम्झौता अनुसार दुई संस्थाको संयुक्त पहलमा समुदायस्तरमा निःशुल्क स्वास्थ्य शिविर, मातृशिशु कल्याण तथा विभिन्न स्वास्थ्य सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ।

सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशको राजापुर नगरपालिका कार्यक्षेत्र रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थामा हाल ७६ हजार ८८४ जना शेयर सदस्य आबद्ध रहेका छन्।

  • सहकारी
बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.