धनगढी । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि चैतन्य परिवारले सञ्चालन गरेको अभियानबाट हालसम्म २ लाख ५१ हजार ९५६ रुपैयाँ संकलन भएको छ ।
विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको अभियानमा चैतन्य पाठशालाका शिक्षक, कर्मचारी, विद्यार्थी तथा काठमाडौं र बुटवलमा रहेका चैतन्य परिवारका सदस्यहरूले उत्साहजनक सहभागिता जनाएका छन् ।
अभियानअन्तर्गत पहिलो चरणमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरिएको थियो । दोस्रो चरणमा थप १ लाख ४० हजार ८४५ रुपैयाँ संकलन भएको चैतन्य परिवारले जनाएको छ ।
दोस्रो चरणमा शिक्षक तथा कर्मचारीबाट ८४ हजार ३८४ रुपैयाँ, विद्यार्थीबाट ३० हजार ७६६ रुपैयाँ, काठमाडौंस्थित सदस्यहरूबाट १६ हजार ८९५ रुपैयाँ र बुटवलबाट ८ हजार ८०० रुपैयाँ संकलन भएको हो ।
यसरी दुई चरणमा गरी भोटेकोशी बाढीपीडितका लागि चैतन्य परिवारको कुल सहयोग रकम २ लाख ५१ हजार ९५६ रुपैयाँ पुगेको छ ।
भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














