कैलाली । कैलालीका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट अवैध रूपमा ल्याइएका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी टोलीले बिहीबार बेवारिसे अवस्थामा फेला पारेका चिनी, बिडी, सुर्ती, चियापत्ती, कुर्ता, सुटपिसलगायतका सामान नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामानको अन्दाजी मूल्य १ लाख ४५ हजार २५० रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
भन्सार छलीका सामान नियन्त्रणमा
भन्सार छलीका सामान नियन्त्रणमा
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














