काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित बृजवाटर अन्तर्राष्ट्रिय स्कुलका विद्यालय प्रशासन तथा वित्त प्रमुख राकेशकुमार साहले गुणस्तरीय शिक्षा नै मुलुकको समृद्धिको प्रमुख आधार भएको बताएका छन । उनले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणसँगै प्रभावकारी प्रशासन, पारदर्शी वित्तीय व्यवस्थापन र संस्थागत अनुशासनलाई समेत उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
शिक्षाको गुणस्तर अभिवृद्धिका लागि कक्षाकोठामा हुने अध्यापन मात्र पर्याप्त नहुने उल्लेख गर्दै साहले विद्यालयको समग्र व्यवस्थापन प्रणाली चुस्त, पारदर्शी र जवाफदेही हुनुपर्ने बताए । उनका अनुसार विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थीबीच प्रभावकारी समन्वय आवश्यक हुन्छ ।
विद्यालय प्रशासन तथा वित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका साहले पछिल्लो समय प्रशासनिक तथा वित्तीय व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विद्यालयले जनाएको छ । उनको नेतृत्वमा विद्यालयका प्रशासनिक कामलाई थप व्यवस्थित बनाउँदै संस्थागत अनुशासन र वित्तीय पारदर्शितालाई प्राथमिकतामा राखिएको बताइएको छ ।
साहले शिक्षक तथा कर्मचारीसँगको समन्वय, अभिभावकसँगको सहकार्य तथा विद्यार्थीसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएका छन । विद्यालयमा देखिने प्रशासनिक चुनौतीको समाधानसँगै विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन उनको योगदान महत्वपूर्ण रहेको विद्यालयको भनाइ छ ।
आधुनिक प्रविधिको प्रयोगमार्फत विद्यालयका प्रशासनिक गतिविधिलाई डिजिटल, व्यवस्थित र प्रभावकारी बनाउनेतर्फ समेत साहले पहल गर्दै आएका छन । बदलिँदो शैक्षिक परिवेशअनुसार विद्यालय व्यवस्थापन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै सेवा प्रवाहलाई सरल र पारदर्शी बनाउने प्रयास भइरहेको उनले बताए ।
साहका अनुसार विद्यालय केवल विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञान दिने स्थान मात्र होइन, उनीहरूको व्यक्तित्व, क्षमता, सीप र भविष्य निर्माण गर्ने महत्वपूर्ण संस्था हो । त्यसैले विद्यालयको शैक्षिक वातावरणसँगै प्रशासनिक संरचना, वित्तीय व्यवस्थापन र संस्थागत अनुशासन बलियो हुन आवश्यक रहेको उनको भनाइ छ ।
गुणस्तरीय, व्यावहारिक तथा समग्र व्यक्तित्व विकासमा जोड दिँदै आएको बृजवाटर अन्तर्राष्ट्रिय स्कुलले विद्यार्थीलाई समयानुकूल शिक्षा प्रदान गर्न शैक्षिक तथा प्रशासनिक पक्षलाई सुदृढ बनाउँदै आएको जनाएको छ । विद्यालयले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षणसँगै अनुशासन, व्यवहारिक ज्ञान, प्रविधिको प्रयोग र सकारात्मक वातावरणलाई प्राथमिकता दिएको बताइएको छ ।
नेपालको शिक्षा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र आधुनिक बनाउन प्रशासनिक नेतृत्वको भूमिका आगामी दिनमा अझ महत्वपूर्ण हुने साहको जिकिर छ । उनले विद्यालयको प्रशासनिक तथा वित्तीय पक्षलाई सुदृढ बनाउँदै गुणस्तरीय शिक्षा प्रवाहका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए ।
शिक्षा क्षेत्रको सुधार केवल नीति र पाठ्यक्रम परिवर्तनबाट मात्र सम्भव नहुने भन्दै उनले विद्यालय तहदेखि नै पारदर्शी व्यवस्थापन, उत्तरदायी नेतृत्व र गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा जोड दिनुपर्ने धारणा राखेका छन । यसै सन्दर्भमा विद्यालय प्रशासन तथा वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउँदै विद्यार्थीको भविष्य निर्माणमा योगदान पुर्याउने साहको भूमिका उल्लेखनीय देखिएको विद्यालयले जनाएको छ ।














