धनगढी । समाजिक सञ्जालमा मुख्यमन्त्री खगराज भट्टलाई नेपाली कम्युनिस्ट पार्टी दलको नेताबाट हटाउन हस्ताक्षर भैरहेको भन्ने हल्ला निराधार भएको पुष्टि भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीकी प्रदेश सभा सदस्य गीता मालले सामाजिक सञ्जालमा पोस्ट गर्दै दल नेता हटाउने अभियानमा नलागेको र आफूले यस सम्बन्धि कुनै निर्णयमा हस्ताक्षर नगरेको भन्दै सञ्चारमाध्याममा आएका यस प्रकारका अफवाहमा सत्यता नभएको उल्लेख गरेकी छ्न ।
‘सुदुरपश्चिमका मुख्यमन्त्री र दल नेता हटाउन माननीयहरुको हस्ताक्षर भन्ने शीर्षक लमा प्रकाशित समाचारमा मेरो नाम सहितको फोटो आएको बिषय प्रती मेरो गम्भीर ध्यान आकर्षण भएको छ’ नेकपा सांसद मालले लेखेकी छन ‘सुदुरपश्चिम प्रदेश सरकारको बजेट पारित हुन नसकेपछि सत्ता समीकरण परिवर्तन भइ हाल नेकपा र नेकपा (एमाले) को संयुक्त गठबन्धनमा सरकार गठन भएको र बजेट निर्माणको प्रक्रिया अघि बढीरहेको वर्तमान अवस्थामा सरकार गिराउने वा अन्य त्यस्ता गतिविधीमा मेरो कुनै पनि सहभागिता नरहेको कुरा स्पष्ट पार्न चाहान्छु।’
उनले अगाडि लेखेकी छन ‘समाचारमा मेरो नाम जोडेर प्रकाशित गरेको विषयमा कुनै सत्यता नभएको जानकारी गराउँदै तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न सम्बन्धित समाचार माध्यमलाई आग्रह गर्दछु ।’
अन्य प्रदेशसभा सदस्यहरुले पनि त्यस प्रकारको कुनै कसरत नभएको दाबी गरेका छ्न । बरु प्रदेशमा सुशासन कायम गर्ने र विकास र समृद्धिका विषयहरुमा छ्लफल भएको जनाएका छ्न ।














