• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य

  •   शनिबार, भदौ २७, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता कायम रहेकै बेला प्रदेश सभा पनि करिब तीन सातादेखि गतिविधिविहीन बनेको छ । सरकारको नेतृत्व परिवर्तन भए पनि नीति निर्माण तथा कानुन निर्माण गर्ने प्रदेश सभालाई चलायमान बनाउन सरकारले पहल गर्न सकेको छैन ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ को बजेट पारित गराउन नसकेपछि प्रदेश सभा निष्क्रियजस्तै बनेको हो । शाह नेतृत्वको सरकार ढलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भइसके पनि प्रदेश सभाको गतिविधिले गति लिन सकेको छैन ।

चालु आर्थिक वर्ष सुरु भएयता प्रदेश सभा सरकार गठन र विश्वासको मतसम्बन्धी प्रयोजनका लागि मात्रै दुईपटक बसेको छ । तत्कालीन मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि साउन २८ गते प्रदेश सभा बैठक बोलाइएको थियो । तर, आफू स्पष्ट अल्पमतमा रहेको भन्दै शाहले बैठकमा धारणा राखेर प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने जानकारी गराएका थिए ।

त्यसपछि नयाँ मुख्यमन्त्री भट्टले विश्वासको मत लिन भदौ ३ गते प्रदेश सभा बैठक बसेको थियो । त्यसयता भने प्रदेश सभाको बैठक बस्न सकेको छैन ।

प्रदेश सरकारले बजेट पारित गराउन नसक्दा प्रदेश बजेट शून्यताको अवस्थामा पुगेको छ । नयाँ सरकार गठन भएको तीन साता बितिसक्दा पनि प्रदेश सभा बैठक सञ्चालनको टुङ्गो लाग्न सकेको छैन । प्रदेश सभा सचिवालयको गेटमा समेत तीन सातादेखि ताल्चा लागेको छ ।

प्रदेश सभा बैठक सञ्चालनबारे अहिलेसम्म कुनै जानकारी नआएको प्रदेश सभा सचिवालयकी सूचना अधिकारी तथा उपसचिव ताराकुमारी जोशीले बताइन् । उनका अनुसार सचिवालयमा नयाँ विधेयकसमेत दर्ता भएका छैनन् ।

‘सभाको बैठक सञ्चालनबारे कुनै जानकारी आएको छैन । नयाँ विधेयक पनि दर्ता भएका छैनन्,’ सूचना अधिकारी जोशीले भनिन् ।

नयाँ विधेयक दर्ता नभए पनि प्रदेश सभामा सातवटा विधेयक विचाराधीन अवस्थामा छन् । तीमध्ये २०८१ सालमा दर्ता भएका टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक करिब तीन वर्षदेखि प्रदेश सभामै थन्किएका छन् ।

त्यसैगरी २०८२ सालमा दर्ता भएका पाँचवटा विधेयक पनि लामो समयदेखि विचाराधीन छन् । दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश बरघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामै अड्किएका छन् ।

केही दिनअघि सत्तारूढ दलले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा मुख्यमन्त्री खगराज भट्टले भदौभित्रै नयाँ बजेट प्रदेश सभामा प्रस्तुत गर्ने उल्लेख गरेका छन् । बजेट प्रस्तुत र पारित गर्न प्रदेश सभा बैठक अनिवार्य भएकाले अब सरकारले सभा सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।

  • प्रदेश सरकार
शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.