धनगढी । कञ्चनपुरमा नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
जिल्लाको दोधारा-चाँदनी नगरपालिका-१ स्थित मलेरिया पुलबाट मंगलबार साँझ भीमदत्त नगरपालिका-१८ जानकी टोलका २४ वर्षीय रमेश दमाई पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दमाईलाई शंका लागेर जाँच गर्ने क्रममा उनको साथबाट फेनारगन ६१ एम्पुल साबुत र १४ एम्पुल फुटेको तथा बि.जेसिक ५४ एम्पुल साबुत र २३ एम्पुल फुटेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
उक्त लागूऔषधसहित उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























