• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  •   बिहिबार, कार्तिक ०५, २०८३ मा प्रकाशित

अर्घाखाँची । सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन् ।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ ।

तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ घोचेखोलाका युवा नेत्रप्रसाद भुसाल ।

भुसाल आज केवल सामाजिक सञ्जालमा चर्चित अनुहार होइनन् । युट्युब, फेसबुक र टिकटकलाई आफ्नो कर्मथलो बनाएका उनले यही माध्यमबाट राम्रो आम्दानीसँगै देश–विदेशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । टिकटकमा उनलाई ‘टिकटक स्टार नेत्र भुसाल’ भनेर चिनिन्छ । युट्युबमा उनका लाखौँ ‘सब्सक्राइबर’ छन् भने फेसबुकमा दुई लाख ५० हजारभन्दा बढी फलोअर रहेको उनी बताउँछन् । टिकटकमा भने करिब २० लाख फलोअर छन् । सामाजिक सञ्जालमा बनाएको यही ठूलो दर्शक सञ्जाल अहिले उनको आर्थिक सफलताको आधार बनेको छ ।

किशोरावस्थामै बाबुको निधन भएपछि उनको परिवारमा आर्थिक सङ्कट थपियो । बाबुको मृत्युपछि घरको जिम्मेवारी र भविष्यको चिन्ताले नेत्रलाई पनि छोयो । पढाइ कसरी अघि बढाउने रु भाइबहिनीको शिक्षालाई कसरी निरन्तरता दिने रु परिवारको आर्थिक अवस्था कसरी सुधार्ने रु यस्ता प्रश्न उनका अगाडि उभिए तर समस्याले उनलाई रोक्न सकेन ।

एसईई दिएपछि पाएको करिब तीन महिनाको समयलाई सदुपयोग गर्दै उनले युट्युब च्यानल सुरु गरे । अरूले मनोरञ्जनका रूपमा प्रयोग गरिरहेको इन्टरनेट र सामाजिक सञ्जाललाई उनले सम्भावनाका रूपमा हेर्न थाले । ‘सामाजिक सञ्जालबाट पनि आम्दानी गर्न सकिन्छ’ भन्ने कुरा बुझेपछि उनी त्यसतर्फ अझै गम्भीर भएर लागे ।

सामाजिक सञ्जालमा नेत्रको यात्रा टिकटकबाट मात्र सुरु भएको होइन । उनी सुरुमा युट्युबमा टेकसम्बन्धी सामग्री र ब्लगिङ गर्न थाले । युट्युबका विभिन्न क्रिएटरबाट प्रभावित भएर उनले टेक र ब्लगिङ च्यानल सुरु गरेको बताए । सुरुआती दिनमा दर्शक कम थिए, मेहनतअनुसारको परिणाम पनि तत्काल देखिएन तर उनले निरन्तरता दिन छाडेनन् ।

युट्युब च्यानल ‘मनिटाइज’ भएपछि पहिलोपटक आम्दानी हात पर्दा आफू निकै खुसी भएको उनी सम्झन्छन् । त्यसपछि सामाजिक सञ्जाललाई केवल रुचिको विषय नभई व्यावसायिक सम्भावनाको क्षेत्रका रूपमा बुझ्न थाले । फेसबुकमा पनि सक्रियता बढाए । त्यसपछि टिकटकमा प्रवेश गरे । छोटा भिडियो, लाइभ स्ट्रिमिङ र दर्शकसँगको प्रत्यक्ष संवादले उनको लोकप्रियता विस्तारै बढाउँदै लग्यो ।

सन् २०१९ बाट उनले टिकटकमा नियमित लाइभ बस्न थाले । सुरुमा प्रयोगका रूपमा सुरु भएको लाइभ स्ट्रिमिङ पछि उनको आम्दानीको महत्त्वपूर्ण माध्यम बन्यो । टिकटक लाइभमा दर्शकले पठाउने डिजिटल गिफ्ट नै आफ्नो मुख्य आम्दानीको स्रोत रहेको नेत्र बताउँछन् ।

उनका अनुसार अहिले मासिक रूपमा करिब पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । अहिलेसम्म सामाजिक सञ्जालबाट करिब सात करोड रुपैयाँको हाराहारीमा आम्दानी गरेको उनको दाबी छ । “लाइभमा बसेर दर्शकसँग जोडिन्छु । दर्शकले दिने गिफ्ट नै मेरो मुख्य आम्दानीको स्रोत हो,” उनी भन्छन्, “सामाजिक सञ्जाललाई सही ढङ्गले प्रयोग गर्न सक्ने हो भने यसबाट राम्रो आम्दानी गर्न सकिन्छ ।”

दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म गरी करिब चार घण्टा उनी टिकटक लाइभमा बस्ने गर्छन् । नियमित लाइभ होस्टिङका कारण उनी टिकटकको लोकप्रिय ‘लाइभ होस्ट’का रूपमा स्थापित भएका छन् ।

कुनै समय परिवारको आर्थिक अवस्था कसरी सुधार गर्ने भन्ने चिन्तामा रहेका नेत्र अहिले आफ्नै कमाइबाट भौतिक रूपमा पनि स्थापित भएका छन् । सन्धिखर्कमा आकर्षक डिजाइनको घर निर्माण गरेका उनले आवतजावतका लागि गाडीसम्म किनेका छन् । केही महिनाअघि काठमाडौंको बुढानीलकण्ठमा करिब चार करोड रुपैयाँमा घर खरिद गरेको पनि उनी बताउँछन् । तर उनी आफ्नो सफलतालाई घर, गाडी र पैसामा मात्र सीमित गर्न चाहँदैनन् ।

उनका लागि सामाजिक सञ्जालले आर्थिक आम्दानीसँगै नाम, सम्मान र पहिचान पनि दिएको छ । “सोसल मिडियाले पैसा मात्र दिएको छैन, इज्जत, सम्मान र नाम पनि दिएको छ,” उनी भन्छन्, “देश तथा विदेशमा करोडौँ दर्शकसँग जोडिन पाएको छु । त्यसैले यसलाई अझै निरन्तरता दिनेछु ।”

नेत्रले सामाजिक सञ्जालबाट प्राप्त आम्दानीलाई व्यक्तिगत जीवनमा मात्र प्रयोग गरेका छैनन्, विभिन्न सामाजिक तथा मानवीय काममा सहयोग गर्दै आएका छन् । दीनदुःखी, बिरामी तथा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै आएका उनले हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका लागि करिब १३ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका थिए । सामाजिक सञ्जालबाट कमाएको पैसाको केही हिस्सा सामाजिक सेवामा लगाउन पाउँदा आफूलाई थप सन्तुष्टि मिल्ने उनी बताउँछन् । नेत्रको परिचय टिकटक लाइभ होस्टमा मात्र सीमित छैन, उनले विभिन्न गीतका म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन् ।

युट्युबबाट सुरु भएको उनको डिजिटल यात्रा अहिले विभिन्न सामाजिक सञ्जालका फरक–फरक प्लेटफर्मसम्म फैलिएको छ । युट्युबमा ब्लगिङ र टेक सामग्री, फेसबुकमा विभिन्न सामग्री तथा टिकटकमा छोटा भिडियो र लाइभमार्फत उनले फरक–फरक दर्शकसँग सम्बन्ध स्थापित गरेका छन् । यसले उनलाई एउटा प्लेटफर्ममा निर्भर नभई डिजिटल दुनियाँका विभिन्न माध्यममा स्थापित हुन सहयोग गरेको छ ।

सामाजिक सञ्जालको दुरुपयोगले समस्या निम्त्याउन सक्छ तर त्यसैलाई सिर्जनात्मक र व्यावसायिक रूपमा प्रयोग गर्ने हो भने यही माध्यम अवसरको ढोका बन्न सक्छ भन्ने नेत्रको जीवनले देखाएको छ । उनको सफलताले सामाजिक सञ्जाललाई लिएर समाजमा रहेको नकारात्मक बुझाइलाई एउटा प्रश्नसमेत गरेको छ, दोष सामाजिक सञ्जालमा हो कि त्यसको प्रयोग गर्ने तरिकामा रु

नेत्रको अनुभवमा सामाजिक सञ्जाललाई समय बिताउने साधनका रूपमा मात्र होइन, सिक्ने, सिर्जना गर्ने, दर्शकसँग जोडिने र आम्दानी गर्ने माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ । आज उनको मोबाइलको स्क्रिनमा देखिने लाखौँ दर्शक केवल सङ्ख्या होइनन् । ती दर्शक उनको वर्षौँको मेहनत, निरन्तरता र डिजिटल यात्राका साक्षी हुन् ।

अर्घाखाँचीको एउटा सामान्य परिवारबाट डिजिटल दुनियाँमा उदाएका नेत्र भुसालको कथा अहिलेका युवाका लागि एउटा सन्देश पनि हो, सामाजिक सञ्जालमा कति समय बिताइयो भन्नेभन्दा त्यसलाई कसरी प्रयोग गरियो भन्ने कुराले भविष्य निर्धारण गर्न सक्छ ।

मोबाइलको स्क्रिनमा औँला चलाएर सुरु भएको उनको यात्रा आज घर, गाडी, करोडौँको आम्दानी र सामाजिक पहिचानसम्म पुगेको छ । त्यसैले सामाजिक सञ्जाल युवालाई बिगार्ने माध्यम मात्र हो भन्ने भाष्यका बीच नेत्रको कथा एउटा फरक उदाहरण बनेको छ । सही सोच, निरन्तर मेहनत र सिर्जनात्मक प्रयोग भयो भने सामाजिक सञ्जाल पनि भविष्य निर्माण गर्ने माध्यम बन्न सक्छ ।रासस

 

  • ६ लाखसम्म कमाइ
बिहिबार, कार्तिक ०५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.