धनगढी । कैलालीमा लागूऔषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीको लागूऔषध मुद्दामा एक महिना कैद सजाय तोकिएपछि फरार रहेका टीकापुर नगरपालिका-१ शक्तिनगर शिविर बस्ने २६ वर्षीय श्यामु चौधरी भन्ने श्यामु थारु पक्राउ परेका हुन् ।
फैसला कार्यान्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार साँझ पक्राउ गरेको जनाएको छ ।























