धनगढी । कैलालीको कैलारी गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
कैलारी गाउँपालिका-१ रानामुडास्थित सडक छेउमा झापा घर भइ कैलारी गाउँपालिका-२ बस्ने ६० वर्षीय जितबहादुर तामाङ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























