कञ्चनपुर । कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका १ लाख ४४ हजार ४४० रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।
शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका किराना तथा कस्मेटिकलगायतका सामान बरामद गरेको हो ।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ।























