धनगढी । कैलालीको टीकापुरमा मोबाइल चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका-१ एकतानगरका २४ वर्षीय अमित तिमिल्सिना र सोही ठाउँका १९ वर्षीय धिरेन्द्र शाही रहेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरमा विभिन्न मितिमा विभिन्न व्यक्तिका मोबाइल चोरी भएको भन्दै निवेदन परेपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
प्रहरीले पक्राउ परेका दुवै जनाको साथबाट विभिन्न कम्पनीका पाँच थान मोबाइलसमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























