धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब ८ लाख ९५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ ।
कैलालीका विभिन्न स्थानबाट आइतबार प्रहरीले ३ लाख ७७ हजार १५० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको हो । उक्त मूल्यका सुर्ती, बिँडी, साना तथा ठूला विद्युतीय लाइट, साइकलका पार्टपुर्जा लगायतका सामग्री र एक थान मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट ५ लाख १७ हजार ९६० रुपैयाँ बराबरका बिँडी, साइकलका पार्टपुर्जा र किरानाका सामान लगायतका बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।























