धनगढी । कैलालीमा विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका चार जना प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाअनुसार कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका उनीहरूलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लागूऔषध मुद्दामा एक वर्ष कैद सजाय तोकिएका डोटीको जोरायल गाउँपालिका-१ का २२ वर्षीय किरण विश्वकर्मा रहेका छन् ।
त्यस्तै, चेक अनादर मुद्दामा दुई हजार जरिवाना तोकिएका कैलालीको लम्कीचुहा नगरपालिका-४ का नन्दराम जैसी र एक हजार जरिवाना तोकिएका सोही ठाउँका गजेन्द्र शाही रहेका छन ।
यसैगरी,बैंकिङ कसुर मुद्दामा सात दिन कैद र रु १३ लाख ५५ हजार जरिवाना तोकिएका कञ्चनपुरको लालझाडी गाउँपालिका-१ का ३६ वर्षीय सरोज चौधरी पक्राउ परेका छन् ।























