धनगढी । कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका रु ५ लाख ६५ हजारभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार जिल्लाका विभिन्न स्थानबाट अन्दाजी मूल्य रु ५ लाख ६५ हजार ७ सय ७० बराबरका विद्युतीय सामान,मोबाइलका पार्टपुर्जा र प्लास्टिक पोलिथिनलगायतका सामग्री बरामद गरेको हो ।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ ।























