• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

जनतामाझ प्रकाश देउवाको प्रचार शैली : भाषण भन्दा प्रतिबद्धतामा केन्द्रित

  •   मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित

धनगढी- आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरुले चुनावी प्रचार–प्रसारलाई तिब्रता दिएका छन् । उम्मेदवार तथा दलहरु मतदाताको घरदैलोमा गएर मतदातालाई आफ्नो पक्षमा पार्ने कसरत गरिरहेका छन् । टोलटोलका घरहरुमा गएर मतदातामाझ भाषण गर्दै आफ्नो प्रतिबद्धता जनाउनेसम्मका कार्यहरु उम्मेदवारहरुले गरिरहेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार प्रकाश देउवाले पनि आफ्नै तरिकाले चुनावी प्रचार शैलीलाई अगाडि बढाइरहेका छन् । उनले अरु उम्मेदवारहरु भन्दा फरक शैलीमा मतदातालाई भेटिरहेका छन् । दलबल लिएर भन्दा पनि सानो झुण्डमा उनी मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् ।

विशेष गरी लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका युवा नेता देउवाले आफ्नो चुनावी प्रचार शैलीलाई भाषण भन्दा विकास तथा समृद्धिका लागि प्रतिबद्धता जनाउने तरिकाले अघि बढाइरहेका छन् । निर्वाचित भइसकेपछि यस क्षेत्रको विकासका लागि आफूले सक्ने प्रतिबद्धता मतदाता बताइरहेका छन् ।

देश र जनताको विकासका लागि आफू राजनीतिमा आवद्ध भएको प्रट्याउँदै उनी भाषण भन्दा पनि प्रतिबद्धता जनाउँदै हिँडिरहेका छन् । खासै भाषण पनि नगर्ने देउवाको पहिलो प्राथमिकतामा नै विकासे एजेण्डा छन् । ‘धनगढीको विकासका लागि नै प्रदेशसभा सदस्यमा मेरो उम्मेदवारी हो’, उनले भने, ‘अब राजनीति क्रान्ति भन्दा पनि देशले विकास खोजेको छ ।’ उनले आफु कुनैपनि स्वार्थपूर्ति गर्न राजनीतिमा नआएको बताउँदै युवाको नेतृत्व गर्दै विकास समृद्धिमा सक्रिय हुने बताए ।

भाषण गरेर झुट्टा आश्वासन बाड्नु भन्दा पनि हरेक नागरिकको घर दैलोमा पुगेर समस्याहरु सुन्ने काम भइरहेको उनको भनाई छ । धनगढीको विकासका लागि स्थानीयस्तरबाट मात्र सम्भव नभएको हुँदा प्रदेश र संघीय सरकारबाट पहल गर्ने योजना रहेको उनले सुनाएका छन् । ‘धनगढी सुदूरपश्चिमको एक मुख्य सहर हो । यहाँको विकासका लागि केन्द्रस्तरबाट नै पहल चाल्न पनि त्यतिकै आवश्यक देखिएको छ’, उनले भने, ‘त्यसको लागि मेरो तर्फबाट पूर्ण पहल हुने छ ।’

उम्मेदवारी मनोनयन देखि नै मतदाताहरुको घर दैलोमा विहान देखि साँझसम्म व्यस्त देउवा भाषण भन्दा पनि विकासमा मुद्धामा बढी फोकस भएको उनीसंगै घर दैलोमा गईरहेका युवा रमेश चन्दले बताए । ‘कैलाली–५ ‘ख’ मा सबै भन्दा बढी डुवान र सडक स्तरोन्नति हुन नसकेको गुनासो धेरैको सुनिन्छ’, चन्दले भने, ‘त्यस्ता समस्याहरु समाधानका लागि निर्वाचन घोषणा पत्र सहित मतदाताहरु भलाकुसारी भइरहेको छ ।’ उनले कुनै जात, क्षेत्र भन्दा पनि समग्र धनगढीको विकासका लागि आफ्नो योजनाहरु प्रस्तुत गरिहेका चन्दले बताए ।

कैलाली ५ ‘ख’ कांग्रेस नेता प्रकाश देउवासँगै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट धनगढीको मेयरमा पराजित दुर्गा जोशी प्रदेशसभा सदस्यको उम्मेदवार रहेका छन् । लोकत्रान्तिक–बाम गठबन्धन भएको हुँदा देउवालाई जित्न सहज हुने गठबन्धन दलहरुको दाबी छ ।

अर्कोतर्फ उनीविरुद्ध कांग्रेस छोड्दै स्वतन्त्र उम्मेदवारी दिएका क्षितिज भण्डारीको समेत उम्मेदवारी छ । उनले पनि गठबन्धन दल र त्यसमा पनि कांग्रेसकै भोट काट्ने बढी काट्न सक्ने आँकलन गरिएको छ । तर पनि जित देउवाकै हुने दाबी उनीहरुको छ ।

यस क्षेत्रको प्रदेशसभा ‘ख’ मा धनगढी उपमहानगरपालिका वडा नम्बर १ देखि ६, ११ र १३ नम्बर वडा रहेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडा नम्बर ११ एमाले, वडा नम्बर ६ माओवादीले जितेका वडा हुन् भने बाँकी ६ वटा वडामा प्यानलसहित कांग्रेसले जितेको छ । स्थानीय तहको निर्वाचन मतलाई आधार मान्ने हो भने देउवा जितका लागि धेरै अगाडि छन् ।

  • प्रकाश देउवा
मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.