धनगढी- प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवाले केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा नक्सामा समेटिएको भू–भाग नआउने बताएका छन् । शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
‘दार्चुला गएर भाषण गरेर नेपालको नक्सामा समेटिएको लिपुलेक लिम्पियाधुरासहितको जमिन आउँछ ? उनले प्रश्न गर्दै भने, ‘कि लड्नुपर्यो। बन्दुक ल्याउनुहोला। होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो।’
यस्तै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकासले गति लिने दाबी गरे। उनले डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशको विकासमा लागिरहेकोसमेत बताए ।














