• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

ब्राइट वे मा नोस्टाल्जिक बनेका कीर्तिमानी दीपक

  •   सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित

धनगढी- तपाईहरु को को तेक्वान्दो खेल्न चाहानुहुन्छ? कक्षा ८ मुनिका एक हुल विधार्थीका अघि सोमबार कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले प्रश्न गर्दा झण्डै आधा बढी विधार्थीको हात उठ्यो । धनगढी हसनपुरस्थित ब्राइट वे पब्लिक स्कुलमा तेक्वान्दो डोजाङका उद्घाटनमा पुगेका थिए विष्ट । दक्षिण एसियाली खेलकुद(साग)मा लगातार चार स्वर्णपदक जित्दै कीर्तिमान रचेका यी लिजेन्ड खेलाडी स–सना विधार्थीहरुसँग आफ्नो सुरुवात सम्झेर नोल्टाल्जिक बने ।

‘म पनि कञ्चनपुरमा जन्मेको । तेक्वान्दो खेल्न धनगढी आए,’ दीपकले एकै श्वासमा आफ्नो खेल जीवन सम्झिए, ‘तेक्वान्दो खेल्दाखेल्दै काठमाडौं गए । नेशनल खेले, ओलम्पिक खेले, साग खेले, एसियन गेम्स खेले र आज दीपक विष्ट बनेर तपाईहरुको अगाडि आएको छु ।’ दीपकले सागमा लगातार चार स्वर्ण जितेर सनसनी मच्चाएको होइन । उनले विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा पनि सहभागिता जनाए । २००८ को बेइजिङ ओलम्पिकमा दीपकले नेपालको झण्डा उठाएका थिए । विष्टको सफलता त्यही खुम्चिँदैन । उनले एसियन गेम्समा पनि दुई कास्यपदक जित्दै देशको शीर उचो बनाएका छन् । आमन्त्रित खेल त उनले जितेका स्वर्णपदकको कुनै गन्ती छैन ।

दीपकले विधार्थीलाई सोधिहाले कसका लागि जिते? विधार्थीले एकै स्वरमा भने, ‘देशका लागि’ ‘त्यसपछि सुदूरपश्चिम, आफ्नो ठाउँ, आफ्नो स्कुलका लागि जिते’ दीपक जन्मथलोप्रति कृतज्ञ देखिए । खेलाडी हुँदै प्रशिक्षक बनिसकेका दीपक एक समय नेपाल तेक्वान्दो संघका केन्द्रीय सचिव समेत थिए । पछि राष्ट्रिय प्रशिक्षकहरु खेल संघमा बस्न नपाउँने नियमपछि उनले खेल प्रशासन छोड्नुपर्यो । तरपनि तेक्वान्दोको विकासका लागि उनी पूर्व देखि पश्चिमसम्म निरन्तर सक्रिय भएर लागेका छन् ।

जन्मथलोमा तेक्वादो खेल विकासमा झनै उनको योगदान विशेष छ । काम विशेषले धनगढी आएका उनी सोमबार दिनभर तेक्वान्दोकै काममा व्यस्त थिए । बिहान सुदूरपश्चिम तेक्वान्दो संघका अध्यक्ष सुवास शाहीलगायत पदाधिकारीहरुसँग भेटघाट गर्दै यहाँको तेक्वान्दो विकासबारे घोत्लिएका विष्ट, दिउँसो तेक्वान्दो डोजाङको उद्घाटनमा पुगेका थिए । आधाबढी कलिला नानीबाबुहरुले तेक्वान्दो खेलाडी बन्ने भन्दै उनको प्रश्नमा हात उठाएपछि प्रफुल्लित भएका विष्ट झनै नोल्टाल्जिक बने ।

‘सानो छँदा मलाई खेल्न मन लाग्थ्यो तर खेल्ने ठाउँ थिएन् । गुरु थिएन । हौसला दिने कोही थिएन । हामी भागीभागी चोरीचोरी खेल्छौं । एकघण्टा साइकल चढेर खेल्न आउँथ्यौं,’ विष्टले सम्झिए, ‘ आज स्कुलमा तेक्वान्दोको डोजाङ नै उद्घाटन भएको छ । तपाईहरुको आगनमा अवसर छ । अब मेरो इतिहासलाई ब्राइट वे तेक्वान्दो डोजाङको खेलाडीहरुले तोड्नुपर्छ ।’

दीपकले खेलले अनुशासन, समर्पण सिकाउने भएकाले सबैले खेलमा भाग लिनुपर्ने सुझाव दिए । तेक्वान्दोले आत्मसुरक्षा गर्न, आत्मविश्वास बढाउँन तथा स्वस्थ्य हुन सहयोग पुर्याउँने उनले बताए । इन्टरनेसनल स्कुल अवार्ड प्राप्त धनगढीको ब्राइटे स्कुलकाप्रिन्सिपल कुवेरजित साउँदले विधार्थीहरुलाई स्वस्थ बनाउँनका लागि पनि खेलकुद आवश्यक रहेकाले विद्यालयमै डोजो स्थापना गरिएको बताए ।

‘स्वस्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने सरकारको नीति नै छ । पढाईका लागि खेलकुद अनिवार्य हो,’ साउँदले भने, ‘खेलकुदले बालबालिकाहरुको शरिरिक र मानसिक वृद्धिविकासमा सहयोग पुर्याउँछ । स्वस्थ मनस्थितिले मात्रै पढाईमा अब्बल बनिन्छ । पढाईलाई पनि सपोर्ट हुन्छ ।’

  • ब्राइट वे मा
सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.